६ वटा प्रदेशमा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५९ पुग्यो
शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

काठमाडौं, वैशाख १९ : हालसम्म कर्णाली प्रदेश बाहेक अन्य ६ वटा प्रदेशमा कोरोना पोजेटिभ देखिएको छ । ६ वटै प्रदेशका बिभिन्न जिल्लामा कोरोना पोजेटिभ देखिएपछि थप सुरक्षा सर्तकता अपनाउनुपर्ने देखिएको छ । अव स्वाथ्य मन्त्रालयले कोरोना परिक्षणको थप दायरा बढाउनुपर्ने देखिन्छ ।

पछिल्लो समय नेपालमा बिभिन्न जिल्लामा कोरोना संक्रमित भेटिन थालेका छन् । सुरुमा काठमाडौंमा देखिएको कोरोना पोजेटिभ क्रमश बिभिन्न जिल्लामा फैलिइरहेको छ । दोस्रोमा सुदुपरिश्चम प्रदेश कैलाली र कञ्चनपुरमा कोरोना देखियो । त्यसपछि बाग्लुङमा दुई जनामा कोरोना पोजेटिभ देखियो ।

अव त कारोना नियन्त्रणमा आयो कि भन्ने बेला काठमाडौंको सनसिटी अपार्टमेन्टमा पनि कोरानो संक्रमणको पुष्टि भयो । प्रदेश ३ को चितवन र धादिङमा पनि कोरोना पोजेटिभ देखियाे । प्रदेश १ का उदयपुर र भोजपुरको एक मस्जिदका मानिसहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला नै शिल गरियाे । प्रदेश एकमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश दुईका रौतहट, जनकपुर, विरगन्ज र बारामा पनि कोरोना पोजेटिभ देखियो । प्रदेश दुईका बिभिन्न जिल्लामा पनि यतिबेला परिक्षणले तिब्रता पाएको छ । शुक्रबार मात्रै प्रदेश ५ मा पनि कोरोना पोजेटिभ देखिएको छ ।

शुक्रबार मात्रै बाँके र रुपन्देहीमा १ र १ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । रुपन्देही निवासी २५ वर्षीय र नेपालगंज बाँके निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय