तनहुँमा  ९६ युनिट रगत सङ्कलन
मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित

तनहुँ, वैशाख २३ : लकडाउनसँंगै जिल्लाम रगत अभाव भएपछि तनहुँमा रक्तदान तीव्र पारिएको छ । अस्पतालमा रगत अभावपछि एक हप्ताका अवधिमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गरी ९६ युनिट  संकलन गरेका छन् ।

सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले ३६, प्रोगेसिभ इञ्जिनियर एशोसियशन अफ नेपालले ३० र जेसिआई व्यासनगरले ३० युनिट गरी रक्तदानमार्फत ९६ युनिट ब्लड संकलन गरेका हुन् ।

सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले संस्थाको छैटौँ स्थापना दिवसका अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको सहकारीका प्रबन्धक जोसेफ देवकोटाले बताए । नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारीका शेयर सदस्यले रक्तदान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय