विदेशमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत नेपाली निको भए
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

काठमाडौं, असार ३१ : विश्वभर महामारीका रुपमा फैसिएको कोरोनाभाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोनाभाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्यरुपमा कमी हुँदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९२ प्रतिशत नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

शनिबार साँझसम्म विश्वभर संक्रमित २९ हजार ६२४ जना नेपालीमध्ये २७ हजार ३६२ जना संक्रमणमुक्त भएको संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरबलगायतका देशमा रहेका नेपालीमा सो साता कोरोना संक्रमण दर सामान्यरुपमा वृद्धि भएको छ । गत सातासम्म विभिन्न १४ देशमा कूल १४३ जना नेपालीको कोरोनाका कारण ज्यान गएको संघले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय