सोलोमोन द्वीपमा ६.३ म्याग्नीच्युडको भूकम्प
सोमबार, माघ १३, २०७६ मा प्रकाशित

सिड्नी माघ १३ : सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जानकारी दिएको छ ।

यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना भने जारी गरिएको छैन । स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ बजे सो भूकम्प आएको थियो । राजधानी होनीआराबाट करिब १४० किलोमिटर दक्षिणपूर्वमा समूद्रको सतहबाट १७.७ किलोमिटर गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको यूएसजीएसले जानकारी दिएको छ ।

यस भूकम्पपछि हालसम्म सुनामीको कुनै चेतावनीको सूचना भने जारी नगरिएको सरकारी स्रोतले जानकारी दिएको छ । सो भूकम्पको कारण हालसम्म जनधनको क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ । सोलोमोन द्वीपमा बारम्बार भूकम्प आएको पाइन्छ ।

सन् २०१३ मा सोलोमोन द्वीपमा ८.० म्याग्नीच्यूडको भूकम्प गएपछि आएको सुनामीमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ व्यक्ति घरबारविहीन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय