‘गोपी’ : यूट्युबमा हिट
मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित

नेपालमा इन्टरनेटको पहुँच बढेसँगै अहिले हलमा महँगो टिकट काटेर नेपाली फिल्म हेर्ने दर्शकको संख्यामा कमी आउँदै गएको छ । हलमा रिलिज भएको ३ महिनादेखि ६ महिनाभित्र यूट्युबमै फिल्म रिलिज हुने हुँँदा दर्शक हलमा गएर २ घण्टा विताउन झर्को मान्छन् । हलमा भन्दा यूट्युबमा फिल्मको प्रतिक्षा गर्ने दर्शकको संख्या बढ्दा त्यसले हलको व्यापारमा ठूलो असर गरेको छ ।  

 करीब डेढ दशक अगाडिसम्म हलमा प्रदर्शन हुने हरेक फिल्म सुपरहिट सावित हुन्थे । किनकि, त्यसबेला नेपालमा इन्टरनेटको पहुँच खासै थिएन । तर, अहिले मोबाइलमा यूट्युब खोलेर घन्टौं नविताउने नेपाली भेट्न मुश्किल छ । हलमा महँगो टिकट काटेर हेर्नुपर्ने फिल्म केही महिनामै यूट्युबमा सित्तैमा हेर्न पाइने भएपछि दर्शक हलमा किन जान्छन् ? यो अहिलेको गम्भीर प्रश्न हो । 

प्रतिक्रिया

सम्बन्धित खवर