सदनमा बर्दियाका समस्याको समाधान खोजीयो
शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

बर्दिया,भदौ ८ (फरकसमाचार)/ किन सधैं सीमावासीका जनतालाई सास्ती ? आफ्नै जग्गाको तरकारी बेच्न नपाउँने ? सर्वसाधारणलाई ऐन र ठूलालाई चैन । जिल्लामा व्यबस्थित नाका नहँुदा कहिले सम्म दुःख पाउँने जस्ता प्रतिप्रश्नको जवाफ जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष, संघिय सांसद तथा पूर्व खानेपानी मन्त्री अब्दुल खानले सदनमा बर्दियाका साझा समस्याको समाधान खोजे । उनको गृह जिल्लाको गुलरियामा रहेको भन्सार कार्यालय व्यबस्थित नहँुदा सर्वसाधारणले दुःख पाउँनु परेको छ । साझा समस्याको बारेमा बोलिदिने कोहि नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

स्थानीयले गुनासो गरिरहेको बेला खानले सीमा समस्या, मल खाद, बिउ बिजनका बिषयलाई सदनमा बोल्दा उनलाई कुशल नेताको रुपमा जनताले परिभाषित गर्न थालेका हुन् । नेपाल भारतको सीमा देखि उत्तर दुई किलोमिटरमा भन्सार कार्यालय राखिदा यस्तो समस्या भोग्न परेको हो । तीन मिनेटको समय सीमा तोकेको सदनमा बोलेका उनले सीमा समस्या लगायतको साझा समस्याको समाधान सदनबाटै खोजेका हुन् । गुलरिया नगरपालिका वडा नं. ११ बस्ने खान पूर्व मन्त्री हुन् । पढे लखेका उनले राजनितिज्ञ बुझने यूवा नेता बन्दा मधेशी जनता माँझ लोकप्रिय बन्दै छन् । खान लामो समय देखि मधेशी राजनितिमा लागि परेका उनलाई जनमत पार्टीले राम्रो स्थान दिएको छ । बर्दियाका नेता मध्ये प्रभावशाली नेताका रुपमा पछिल्लो समय उनको परिचय बन्दै गएको छ ।

बर्दिया जिल्लाको ८३ किलोमिटर भारतसंग खुल्ला सिमाना छ । भारतबाट अबैध रुपमा ल्याउने तरकारी वा अन्य सामान जफत गर्नु जयाज हो । तर, नेपाली भुमीमा उब्जाएको तरकारी जफत गर्नु कतिको जयाज हो । यस विषयमा सम्बन्धित निकायले चासो नदेखाउँदा नेपाली किसानलाई सास्ती व्यहोर्नु परेको छ । दिनरात मेहनत परिश्रम गरेर आफ्नै बारीमा फलाएको तरकारी गुलरिया बजारसम्म ल्याउन किसानलाई कठिनाई भईरहेको छ । आफ्नै बारीमा फलाएको तरकारी बजारसम्म ल्याउन विभिन्न किसिमको ज्यादती खेप्नु पर्दा किसानहरु हत्तोसाहित भएका छन् ।

किसानको समस्या समाधान गर्न संघिय सांसद तथा पुर्व खानेपानी मन्त्री अब्दुल खानले सदनमार्फत बुधबार सरकारको ध्यानाकर्षण गराएका छन् । सदनमा बोल्दै सांसद खानले भने बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८,९ र १० का किसानहरुले तरकारी खेती गर्छन् । ‘तर आफ्नै बारीका तरकारी गुलरिया बजारसम्म ल्याउन भन्सारमा विभिन्न किसिमको सास्ती खेप्नु परेको छ’ संघिय सांसद खानले भने,‘किसानले आफ्नै बारीमा फलाएर बजार ल्याउँदै गरेको तरकारी भन्सारमा जफत गरिन्छ ।’ यो कहाँको न्याय हो । ‘भन्सारलाई बोर्डरमा लाग्नु पर्यो’सांसद खानले भने,‘कि बोर्डरको रक्षाको लागि खटिएका प्रहरीहरु के गर्दैछन् ।’

यदि भारतबाट अबैध रुपमा तरकारी र सामान ल्याएका छन् भने बोर्डरमा सामात्नुपर्छ । बोर्डर भन्दा दुई तीन किलोमिटर भित्र भन्सार राखेर किसानले फलाएको तरकारी जफत गर्नु निदनीय कार्य रहेको संघिय सांसद खानले सदनमा उठाए । यस्तो कार्य प्रति सरकारले तुरुन्तै ध्यान दिन जरुरी रहेको सदनमार्फत सांसद खानले मागसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर