भारतमा पब्जी सहित १ सय १८ एप्लिकेशन प्रतिबन्ध
बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

लद्दाकमा चीनसँग भारतको तानातानी चलिरहँदा भारतले पब्जी सहित १ सय १८ चाईनीज एप्लिकेशन प्रतिबन्ध गरी डिजिटल स्ट्राइक गरेको छ ।

प्रतिबन्ध पश्चात अब यी एप्लिकेशनहरु गुगलको प्लेस्टोरबाट र एप्पलको एपस्टोरबाट पनि हटाईनेछन् । यस अघि भारतले पोपुलर एप्लिकेशन टिकटक सहित ५८ एप्लिकेशनमा प्रतिबन्ध लगाएको थियो ।

डाटा चोरी हुन सक्ने भन्दै देशको सुरक्षाको लागि भारतमा सर्वाधिक खेलीने मोबाइल गेम पब्जी सहित १ सय १८ चाईनीज एप्लिकेशन प्रतिबन्ध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय