हस्तकलाका सामग्री बनाउन रमाउँदै थारु महिला
शनिबार, माघ १८, २०७६ मा प्रकाशित

बाँके, माघ १८ : बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन् । जङ्गलबाट खर ल्याइ सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्षसमेत रहेका नेपालगञ्ज९ बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले जानकारी दिए ।

उनले भने, ‘थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।उत्पादन गर्न लागेको समयको आधारमा सामानको मूल्य तोक्ने निर्धारण गर्ने जनाइएकोे छ । उनका अनुसार थारु महिलाले २० देखि ७०० सम्मको सामान उत्पादन गर्दै आएका छन् । पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रेलगायतका सामान उत्पादन गरेर बजारमा पठाउँदै आएका छन् ।

थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगञ्ज१२ कि उद्यमी विह्या थारुले बताए । केही वर्ष अघिसम्म थोरै रकम जोड्न समस्या थारु महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । थारु हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको उनले जानकारी दिए ।

थारु हस्तकला उत्पादनसम्बन्धी तीन महिने तालीम लिएर व्यवसाय शुरु गर्नुभएकी विह्याले भने, ‘एकातिर हराउँदै गएको थारु हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ ।मासिक १०÷१२ हजार आम्दानी र सामग्रीको खपतमा समेत समस्या नभएको जनाइएको छ ।

मागअनुसार सामग्री पु¥याउन नसकिएको पञ्चशील हस्तकला केन्द्रले जनाएको छ । माग बढ्दै गएपछि सामान पु¥याउन नसकिएको बताउँदै केन्द्रका अध्यक्ष निरुले आलोपालो गरेर सामान पु¥याउने गरिएको जानकारी दिए । मागअनुसार थारु हस्तकलाका सामान उत्पादन गर्न कठिन भएको नेपालगञ्ज, बाँकेगाउँकी आरती चौधरीले बताए । हस्तकलाको व्यवसाय शुरु नगर्दै फुर्सदिलो भए पनि अहिले फुर्सद मिलाउनै गाह्रो हुने गरेको उनको भनाइ छ ।

टिभी हेरेर र साथीसङ्गीसँग गफगाफ गरेर दिन बित्थ्यो, तर अहिले एकछिन पनि फुर्सद हुँदैन’, उनले भने । नेपालगञ्ज, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाउनुभएको छ । उनले घरको कामधन्दा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताए ।

थारु महिलाले उत्पादन गरेका सामान नेपालगञ्ज, काठमाडौँ, पोखरा, बुटवल, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, डेनमार्कजस्ता देशमा जाने गरेका छन् । केही विदेशमा गए पनि अधिकांश सामान काठमाडौँमै खपत हुन्छ’, पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरुले भने । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनले बताए ।

थारु महिलाले थारु हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेका छन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ’, केन्द्रका अध्यक्ष निरुले भने ।

उनका अनुसार थारु महिलाले उत्पादन गरेका सामान वातावरणमैत्री समेत छन् । सड्ने, गल्ने भएकाले देश, विदेशमा माग बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देश, विदेशमा मात्र नभई मेला, महोत्सव र शहरमा हुने कार्यक्रममा पनि बिक्री हुने गरेको छ । नेपालगञ्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथिलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ ।

नेपालगञ्जका नागरिक समाजका अगुवा र उद्योगी, व्यापारीले थारु हस्तकलाको सामानलाई नेपालगञ्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छन् । नेपालगञ्जमा उपहारका रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास भएको छ, हामीले थारु हस्तकलाका सामानलाई नेपालगञ्जको पहिचानका रुपमा स्थापित गर्ने अभियानमा छौँ’, नेपालगञ्जका व्यवसायी सञ्जय थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय