‘अकेला’
बिहिबार, पुष १९, २०८० मा प्रकाशित

दुनियाँको यस कोलाहलमा पनि
मुर्दा शान्ती छाएको छ
समयको मागलाई नबुझेर होला उसले
यो भिडमा आफूलाई एक्लो पाएको छ ।
एक्काइसांै शताब्दीमा बीयरको चुस्की
गिलासको हिस्कीमा रम्न नसक्नु
कौंडा अनी जुवाको खालमा जम्न नसक्नु
उ एक्लिनुको कारण भएको छ
सायद,आधुनीकतालाई नबुझेर होला उसले
जीवन नीरास एक्लै बिताएको छ ।।
कमजोरी छ उसको पिउन पिलाउन नसक्नु
मुर्ख छ उ घुस खान खुवाउन नसक्नु
यसर्थ बेइमानको बीचमा उसको ईमान अचेत भएको छ
अमूक ठुलाका ईसारा नबुझेर होला,उसले
मुल्यांङमा पनी उ पिछडीएको छ ।।।
संघर्ष गर्नै पर्छ, जीवन सार्थक बनाउन
पैसा सकिन्छ सजिलै,कठिन छ इज्जत कमाउन
उ त सक्दैन रिझाउन अनी चाकडी बजाउन
सायद कलयुगको सुत्रलाई नबुझेर होला उसले
दुनियाँको यस रंगीन रंगमञ्चमा पनी
उ आफूलाई ‘अकेला’पाएको छ ।।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय