एटदरेट कर्णाली चिसापानी
बुधबार, भदौ २४, २०७७ मा प्रकाशित

भदौ २४, (फरकसमाचार)
नवनिर्मीत देशकै लामो पुल कोठियाघाटको ठिक दक्षिणमा कर्णालि चिसापानीमा रहेको पुल एशियाको दोस्रो पुलको रुपमा चिनिन्छ ।
चुरेक्षेत्रसँग जोडिएको चिसापानी पुल पछिल्लो समय पश्चिम नेपालको पर्यटकिय गन्तव्यको पहिचान बनाएको छ ।
चिसापानी पुलको महत्व र यस ठाउँको बिशेषता अन्यत्र ठाउँको भन्दा भिन्न छ । १२ बजे यसरी हावा चल्छ कि मान्छे उडाउँला जस्तो । चुरे पहाडको खोचमा पर्ने चिसापानी पुल नजिक बेतोड हावा चल्दा त्यहाँ पुग्ने आगन्तुक उत्साहित हुन्छन ।दुई दशक अघि जापान सरकारको सहयोगमा निर्माण भएको पाँच सय मिटर लम्बाईको नमुना पुल सात नम्बर प्रदेश र पाँच नम्बर प्रदेशलाई जोडेको छ ।
तराजुमा जोखे जस्तो सुन्तुलन गरिएको कर्णाली चिसापानीको पुलमा फोटो सेसन नगर्ने आगन्तुक कमै होलान ।
जो चिसापानी कर्णाली पुग्छ पुलको पृष्ठ भूमि क्यामरा केद गर्ने गरी  उसले फोटो खिचाई हाल्छ । त्यहि पुल छेउँ तिर बसेर दुईवटा पिलरले धानेको पुलकोे फोटो खिच्न पर्यटकको भिड नै लाग्छ ।
बर्दिया राट्रिय निकुन्जसँग जोडिएको पुलको  दृश्य मनमोहक छ । पुल हेर्न पर्यटक कति आए भन्ने एकिङ तथ्याकं छैन ।तर पनि दिनाहु दिन बढ्दो पर्यटकको आर्कषणले व्यबसायी उत्साहित छन् ।
सरसर्ती हेर्दा पुल हेर्ने र ताजा माछा खानका लागीे घुम्न आउँने पर्यटक भेटिन्छन । पुल छेउँमा दर्जन बढि माछा परिकार पकाउँने होटल छन् ।
बिभिन्न ठाउँ वाट आएका पर्यटक होटलमा माछा खान्छन र फर्कन्छन । चिसापानीमा पर्यटक अधिक भित्रनुको कारण— पुल र माछा हो ।
चिसापानी जाने पुल हेर्न माछा खान पुग्छन् ।तर,अहिले त्यहाँ पनि सुनसान छ । चैत १३ गते देखि सरकारले लकडाउन गरेपछि भने आगन्तुक कम छन् । नेपाली र भारतीयको मुड फे्रस गर्ने माध्यम बनेको कर्णाली चिसापानी पुल । आन्तरिक पर्यटक वा बाह्य पर्यटक उल्लेख्य हुनु नमुना पुल र माछा भएको गैडा क्याप्पका संचालक रामजी बाबु थापा बताउँछन ।
चिसापानीमा पर्यटक बढनु भनेको नमुना पुल र माछाका प्रसिद्धले नै भएको उनको दाबी छ । ।
‘पुल नै आधुनिक डिजाईनको छ’उनले भने,‘त्यहा बाट देखिने चुरेको मनोरम दृश्यले न पर्यटक भित्राउँन सहयोग पु¥याएको छ ।’पुल अवलोकनका लागी र माछा खानको लागी आन्तरिक वा बाह्य पर्यटक चिसापानी पुग्ने गरेका छन् ।पुर्वपश्चिम राजामार्ग जोड्ने पुल वाट यात्रा गर्ने पनि अधिक छन् । पुल तरेर वारी पारी गर्ने जो कोहि पनि चिसापानीको पुल अवलोकन गर्छन । निजि सवारी साधन वाट ओहोर दोहोर गर्ने पनि बिश्राम गर्ने ठाउँ पनि चिसापानी नै हो ।पछिल्लो समय पर्यटकलाई लक्षित गरि सिद्धार्थ हस्पिटालिटि प्रालिले  होटल संचालनमा ल्याएको छ ।
ठूला लगानीमा संचालनमा होटल पनि पर्यटकका लागी राम्रो बास बस्ने ठाउँ बनेको छ । २०५० सालमा निर्माण भएको पुलले पुर्बी र पश्चिम नेपाल प्रत्यसँग रुपमा सम्र्पक गराएकाले पनि यसको उत्तिकै महत्वपुर्ण छ । चिसापानी माछाको ब्रान्डको रुपमा स्थापित भईरहेको चिसापानीका लुक होटलका संचालक शशि श्रेष्ठले वताए ।
‘पर्यटक यँहा आउँनुको मुख्य कारण पुलको आर्कषण र माछाको स्वाद नै हो’उनले भने,‘यँहा आउँने ग्राहको मुख्य माग माछा नै हुन्छ ।’
होटलमा माछाका परिकार बनाएर वेच्ने र घरमा लैजान चाहानेलाई माछा उपलब्ध गराउँने गरेको श्रेष्ठ बताउँछन ।‘ताजा माछा खुवाउँने र सुकाएर राखेका माछालाई बेच्ने गर्छु’उनले भने ।
उनी जस्तै माछा खुवाएर व्यबसाय फस्टाएका धेरै व्यबसायी छन् । यँहाका व्यबसाय राम्रा चल्न थालेपछि व्यबसायीले होटलको क्षमता समेत विस्तार गरेका छन् ।
पहिला झुपडि अहिले महल बनिसकेको उनी सुनाउँछन ।पछिल्लो समयमा पुलमा भारतीय पर्यटक पनि आउँन थालेका छन् ।
लकडाउन अघि जमुना र गड्डा चौकी भएर चिसापानी आउँने र घुमेर भारतीय पर्यटक फर्कने गरेको व्यबसाय वताउँछन । भारतीय पर्यटकको पनि पुल हर्ने र माछा नै रोजाई हुने गरेको छ ।त्यति मात्र नभएर बर्दिया राष्ट्रिय निकुन्जसँग जोडिएकाले तेस्रो मुलुकका पर्यटकको चिसापानी रोजाई भएको श्रेष्ठ बताउँछन । ‘ बर्दिया निकुन्ज आएर कैलालीको घोडाघोडी ताल र शुक्लाफाँटा सम्म पुग्ने पर्यटकको लागी यो संगम स्थल बनेको छ’उनले भने,‘यि बिभिन्न कारण पनि यँहाको प्रसिद्ध चुलिएको हो ।’
यो तार पुल जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय