जातीय भेदभाव तथा छुवाछुतविरुद्धको चेतनामूलक गीत सार्वजनिक
शनिबार, माघ १८, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ १८ : जातीय भेद्भाव तथा छुवाछुत न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेद्भाव तथा छुवाछुतविरुद्धको चेतनामूलक गीतसार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त गीत सार्वजनिक गरेका हुन् । अध्यक्ष शर्माले मान्छे पढेर, जानेर, बुझेर पनि व्यवहारमा दलित र गैरदलितको व्यवहार देखाउने गरेको उल्लेख गर्दै यस्ता सचेतामूलक गीतले छुवाछुत र भेद्भाव न्यूनीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कानूनले सबै नागरिकलाई सम्मान व्यवहार गरेको हुनाले दलित र गैरदलित भन्ने शब्द नै राख्न र प्रयोग गर्नबाट रोक्नुपर्ने उनको भनाइ थियो ।

नेपालको संविधानले जातीय छुवाछुतमुक्त समाजको परिकल्पमा गरे पनि अहिले पनि व्यवहारमामुक्त हुनसकेको छैन । आयोगका सदस्य प्रकाश वस्तीको नेतृत्वमा जातीय छुवाछुत तथा भेद्भावविरुद्धको अभियान सञ्चालन भइरहेको छ । सोही अभियानअन्तर्गत आयोगले सो गीत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय