बर्दियामा २ जना र बाँकेमा ४० जनामा कोरोना पुष्टि
मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित

बर्दिया, भदौ ३० । बर्दियामा २ जना र बाँकेमा ४० जनामा कोरोना भाईरस कोभिड १९ को पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २ सय जनाको स्वाब परिक्षणमा बर्दियामा २ जना र बाँकेमा ४० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ का एक जना पुरुष र बाँसगढी नगरपालिका वडा नं. ५ का एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको भेरी अस्पतालको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय