बर्दियामा ११ र बाँकेमा १९ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

बर्दिया, भदौ ३१ । बर्दियामा ११ जना र बाँकेमा १९ जनामा कोरोना भाईरस कोभिड १९ को पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ४० जनाको स्वाब परिक्षणमा बर्दियामा ११ जना र बाँकेमा १९ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

बर्दियाको गुलरिया नगरपालिकामा १ जना, गेरुवा गाँउपालिकामा १ जना, बढैयाताल नगरपालिकामा २ जना र मधुवन नगरपालिकामा ७ जनालाई कोरोना संक्रमणको पुष्टि भएको भेरी अस्पतालको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय