दाम्पत्य सुख : यौनमा चरमोत्कर्ष
सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

यौन सम्बन्धका क्रममा हुने चरम सुखको प्राप्तिलाई नै अर्गेज्म भन्ने गरिन्छ । जसको अनुभव यौन गतिविधिको दौरान हुने गर्छ । यसलाई कामोन्माद र चरमोत्कर्षको नामले पनि चिन्ने गरिन्छ । यसको अनुभव पुरुष र महिला दुवैलाई हुने गर्छ ।

यस लेखमा पुरुष अर्गेज्म र महिला अर्गेज्म दुवैको बारेमा बताउन लागिएको छ । साथमा महिलाहरूको लागि चरम सुख पाउने तरिका, चरम सुखको अनुभव कसरी हुन्छ, महिला र पुरुषमा चरम सुखको अनुभव गर्न नसक्ने अवस्था कस्तो हो ? जस्ता कुरा यो लेखमा उल्लेख गर्ने गरिन्छ ।

आर्गेज्म के हो ?

जब हामीलाई चरम सुखको अनुभव हुन्छ, त्यसपछि हाम्रो धड्कन र सास तीव्र रुपमा बढ्ने गर्छ र सास भारी हुन सुरु हुन्छ । यी महिलाहरू लगातार उत्तेजित भइरहे भने उनीहरूले एक पटकभन्दा बढी पनि यसको अनुभव गर्न सक्छन् ।

यस दौरान एकदमै धेरै महिलाहरू इजेक्युलेट गर्ने गर्छन् । यस प्रक्रियामा तीब्र यौन उत्तेजना या चरम सुखको प्राप्ति हुने गर्छ । यही क्रममा मूत्रमार्गको नजिकै रहेको ग्रन्थीबाट तरल पदार्थको श्राब हुने गर्छ ।

पुरुषमा मांसपेशी संकुचन हुँदा लिंगबाट शुक्राणु, इज्येक्युलेट(वीर्यपात) हुने गर्छ । यसपछि पुरुष एकै समयमा दुई पटक अर्गेज्मको अनुभव गर्ने गर्छन् ।

महिला अर्गेज्म

जर्नल न्युरोक्वान्टोलोजीमा प्रकाशित एक अध्ययन अनुसार महिला अर्गेज्म चार अलग प्रकारको (क्लिटोरल, वेजिनल, ब्लेडेड या मल्टिपल) हुने गर्छ ।

१ क्लिटोरिसको उत्तेजनाद्वारा अर्गेज्म

जसरी हामीले जान्ने गर्छाैं कि योनीमा रहेको यो बाहिरी बनावट धेरै संवेदनशील हुने गर्छ । यस बिन्दुमा ८ हजार तन्त्रिका मिल्ने गर्छ । अधिकतर महिलाहरूको तर्फबाट हाम्रो समेत यस क्षेत्रमा संवेदनशीलताको अनुभव हुने गर्छ । तर न्युयोर्कको एक यौन चिकित्सकका अनुसार सिधै क्लिटोरिसको स्पर्श गर्नुभन्दा पहिले साथीको शरीरलाई स्पर्श गर्ने, आलिंगन गर्ने वा मालिस गरेर मात्रै शारीरिक योनीमा स्पर्श गर्न सुझाव दिन्छन् ।

२ योनीको उत्तेजनाद्वारा अर्गेज्म

जीस्पोट अर्थात् योनीको ३ देखि ५ सेन्टिमिटर भित्र एक किसिमको सानो सिक्काको आकारमा एक हिस्सा हुने गर्छ । यो हिस्सा महिलालाई चरमोत्कर्षमा लैजानको लागि सहायक मान्ने गरिन्छ ।

३ योनी र क्लिटोरिस दुवैमा उत्तेजनाद्वारा अर्गेज्म

विशेषज्ञका अनुसार योनी र क्लिटोरिस दुवैमा उत्तेजनाद्वारा गरिने अर्गेज्म सबैभन्दा शक्तिशाली हुन्छ ।

४ अधिक अर्गेज्म

मल्टिपल अर्गेज्ममा एकभन्दा धेरै अर्गेज्म महसुस हुने गर्छ । एक पटकको यौन सम्पर्कमा अलगअलग समयमा हुने गर्दैन । अध्ययनबाट पत्ता लागेको छ कि केही महिलाहरू यदि लगातार उत्तेजित भइरहे भने एकभन्दा धेरैपटक पनि उनीहरूमा अर्गेज्मको महसुस हुन सक्छ ।

महिलालाई चरम सुख कसरी प्राप्त हुन्छ ?

प्रमुख ७ व्यवहार जो महिलाहरूको निम्न प्रतिशतमा आकर्षित गर्ने गर्छ र चरम सुख पाउनको लागि मद्दत मिल्ने गर्छ ।

१. योनी सम्भोग – ६९.९ प्रतिशत

२ अधिकपटक आलिंगन – ६२.८ प्रतिशत

३ यौन सम्पर्कको समयमा अधिकपटक किस गर्नु – ४९.३ प्रतिशत

४ यौन सम्पर्कको समयमा मीठो र रोमान्टिक कुराकानी गर्नु – ४६.६ प्रतिशत

५ ओरल यौन प्राप्त गर्नु – ४३.३

६ रोमान्टिक फिल्म देख्नु – ४१.९

महिलालाई चरम सुख पाउने तरिका

महिलाहरू सम्भोगको क्रममा तरिका नजानेर पनि चरम सुख पाउन नसकिरहेको देख्न सकिन्छ । चार चरणमा यसरी पाउन सक्छन् महिलाले यौन सम्पर्कको क्रममा चरम सुख ।

१ आफ्नो यौन स्वभावलाई सम्झिनु

यौन सम्पर्कको बारेमा आफ्नो भावना र व्यवहारलाई राम्रोसँग सम्झिनु अर्गेज्मको लागि अति आवश्यक हुन्छ । विवाहअघिको प्रेमसम्बन्ध छ भने त्यो समयमा आफ्नो साथीसँग सोधौं कि यौन सम्बन्धको लागि के सामान्य हो र के स्वस्थ कुरा हो ?

यो चरणमा हामीले आफ्नो मनमा यौनको भावना र विचार र भावनालाई जगाउन मद्दत मिल्ने गर्छ ।

२ आफैंले आफैंलाई स्पर्श गर्नु

यौन सम्पर्क गर्नुभन्दा ३० मिनेटजति पहिले आधा÷एक घण्टा पहिले आफ्नै शरीरको विभिन्न भागमा स्पर्श गरेर यौनको भावना जगाउने काम गर्नु जरुरी छ । यस्तो गर्नका लागि स्नान गर्ने जस्ता विधि पनि अपनाउन सकिन्छ । यसको लागि तेल लगायतको प्रयोग पनि गर्न सकिन्छ । चरम सुख प्राप्तिको अघिल्लो चरणमा जानुपूर्व यो कामलाई ५ देखि १५ पटकसम्म दोहो¥याउनुहोस् ।

३. मजा पाउनको लागि स्पर्श गर्नुहोस्

हस्तमैथुन चरम सुख प्राप्त गर्नको लागि राम्रो तरिका हो । यसले छुने वा हस्तमैथुन गर्नुले हाम्रो जनेन्द्रीयमा रक्तप्रवाह बढ्न जान्छ र सम्भोग सुखलाई सजिलो बनाउन मद्दत पु¥याउँछ ।

यस चरणको समयमा वयस्क हुनुको नाताले यौन अनुभव हुनु तपाईंको जीवनको स्वस्थ हिस्सा हो भन्ने महसुस पनि गर्नुपर्ने देखिन्छ ।

तेस्रो चरणबाट यो कुरा पत्ता लाग्छ कि कहाँकहाँ स्पर्श गर्दा हामीलाई रमाइलो हुने गर्छ ? जब महिला पहिलोपटक यौन गर्ने वा चरम सुखको अनुभव सिक्न चाहने महिलाको लागि यो चरण सहायकसिद्ध हुने गर्छ ।

४ सुख पाउनको लागि स्पर्श गर्र्नेतर्फ फोकस गर्नुपर्छ

यदि तपाईंलाई अर्गाज्मको अनुभव हुन्छ कि हुँदैन भन्ने जान्नु छ भने यो प्रक्रियालाई कमसेकम १५ देखि ४५ मिनेटसम्म गर्नुहोस् । तर बारबार घडीमा ध्यान दिनु भने हुन्न । आफूभित्र रहेको कम्पन वा उत्तेजनालाई महसुस गर्नुहोस् । भावपूर्ण हुनको लागि वासना, विश्राम र कामुक फिल्म वा साहित्यको प्रयोग गरौं ।

चरम सुखको अनुभव कसरी हुन्छ ?

हरेक व्यक्ति आफ्नो तरिका, समय र एक अलग स्थितिमा चरमोत्कर्षको अनुभव गर्ने गर्छ । अर्गेज्म एउटा यस्तो अनुभव हो जो आमतरिकामा यौन उत्तेजनाको दौरान हामीमा शारीरिक अनुभवको विकास गराउँछ । अर्गेज्मको प्रतिक्रिया स्वरुप रक्तप्रवाह र कामोत्तेजनाको समयमा मांसपेशीमा तनाव बढी हुने गर्छ ।

पुरुष र महिलाको शरीरको रचना अलगअलग प्रकारको हुने गर्छ । सोही हिसाबले उनीहरुमा चरम सुखको समेत अलगअलग किसिमको अनुभव हुने गर्छ । दुवै लिंगको लागि अर्गेज्म एउटा पूर्र्ण शारीरिक प्रतिक्रिया हो । पुरुषमा यस समयमा मूत्रमार्ग, प्रोटेस्ट ग्रन्थी पेल्विक मांसपेशी आदिमा संकुचन आउने गर्छ । त्यसले वीर्यपात हुने गर्छ ।

महिलाहरूमा चरम सुखको अनुभव गर्न नसक्ने कारण

विभिन्न कारणले महिलाहरूले चरम सुखको अनुभव गर्न सक्दैनन् । ती निम्नानुसार छन् :

१ पर्याप्त रूपमा उत्तेजना नहुनु

२ यौन सुख पाउने बारेमा चिन्ता गर्नु

३ डिप्रेसन आदिबाट ग्रस्त हुनु

४ शारीरिक स्वास्थ्य सम्बन्धी समस्या हुनु

५ यौन शिक्षाको कमी वा यौन सम्बन्धबाट डराउनु

६ पहिलेको दर्दनाक यौन अनुभव

७ रनोनिवृत्ति

पुरुष चरमोत्कर्ष

पुरुषको चरमोत्कर्ष एउटा जटिल अनुभव हो । पुरुष अर्गेज्म को मुख्य कार्य वीर्यपात गर्नु हो । हालांकि सबै पुरुष अर्गेजको समय वीर्यपात गर्ने गर्दैनन् ।

वीर्यपात र तृप्ति

जसरी माथि उल्लेख गरिएको छ कि विना वीर्यपात चरम सुखको अनुभव गर्न सम्भव छ । किशोरावस्थाभन्दा पहलिे विशेष रुपले वीर्यपात नगरी चरमोत्कर्षको अनुभव गर्न सकिन्छ । यसका अलावा यस्तो पुरुष पनि हुन्छन् जो सम्भोगको केही सेकेण्ड पछिसम्म वीर्यपात गर्ने गर्दैनन् । केही पुरुष वीर्यपातको लागि नै असमर्थ हुन्छन्, तर चरम सुखको अनुभव गर्नको लागि त्यो सक्षम हुन्छ । यद्यपि पुरुषको लागि कैयौं अर्गेज्म गर्न मुस्किल हुन्छ ।

पुरुष अर्गेज्मको शारीरिक अनुभव

पुरुषको अर्गेज्मको समयमा नाभीमा अनुभव हुन्छ । विशेष रूपले वृषणकोष र जननांग क्षेत्रमा यो महसुस हुन्छ ।

पुरुषमा चरम सुख प्राप्त गर्न नसक्ने कारणहरू

१. स्तम्भन दोष

२. रेट्रोग्रेड इजेक्युलेसन

३. शीघ्रपतन

४. ढिला वीर्यपात हुनु

५. बिना स्खलननको चरम सुखको प्राप्ति

चरम आनन्द प्राप्त गर्न यौन नै अनिवार्य छ ?

चरम सुख प्राप्त गर्नुपूर्व आफ्नो उत्तेजना बढाउनको लागि केही समय लिने गर्नुपर्छ । त्यसको लागि निम्न विधि हुन सक्छन् ।

१ एकले अर्काको शरीरमा स्पर्श गरौं

२ एकसाथ स्नान गरे

३ मालिस गरौं

४ किस गरौं

५ एकले अर्काेलाई सोध्न सकिन्छ कि उसलाई के धेरै मन पर्छ ?

६. आफ्नो पार्टनरको सासलाई महसुस गर्ने कोसिस गरौं । साभार : अनलाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय