चर्चित मोडल करिष्मा ढकाल र शिव खड्का अभिनित ‘माछी खोलिमा’  (भिडियो)
आइतबार, माघ २६, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ २६ :  पछील्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्मा
ढकाल अभिनित ‘माछी खोलिमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

“यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया
दिनु भयो । मलाई लाग्छ, यो भिडियोलाई हेरेर राम्रो प्रतिकृया दिनुहुनेछ
।” मोडल खड्काले भने ।

मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको
यात्रा प्रारम्भ गरेका थिए भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो
‘तिमी भन्छौ’ र ‘माछी खोलिमा’ गरी तीन वटा म्युजीक भिडियोमा अभिनय
गरिसकेका छन । अब कलाकारीता यात्रालाई निरन्तरता दिने र नयाँ भिडियोहरुको
काम पनि गर्दै अघी बढ्ने मोडल खडकाको भनाइ छ । मोडल खड्का युवा ब्यवसायी
समेत हुन । उनी दिर्घायु लजिस्टिक प्राली र नमोबुद्ध लजिस्टिक प्रालीको
सञ्चालकको रुपमा कार्यरत छन ।

समिर आचार्य र प्रकाश अकेलाको प्रस्तुती रहेको उक्त गीतमा समिर आचार्य र
सुनिता गिरिको आवाज रहेको छ् । कृष्ण बस्यालको शब्द रचना,अर्जुन
सापकोटाको लय रहेको गीतमा बेद आचार्य र सपना कुँवरको कोरस रहेको छ ।

भिडियोलाई कोरियोग्राफि र निर्देशन ट्यालेन्टेड निर्देशक एंव
कोरियोग्राफर प्रतिक ङेसुरले भिडियोमा नयाँ प्रयोग गरेका छन भने
छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन । भिडियोमा मोडल शिव
खड्का र करिष्मा ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर