आगामी तीन दिनको मौसम पूर्वानुमान
आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित

मंसिर १४ काठमाडौं / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

महाशाखाले हाल देशभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति  देशभर मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, सोमबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, मंगलबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर