बच्चालाई बालुवामा गाडेर दम्पत्तिले रोमान्स गरेपछि…
बुधबार, माघ २९, २०७६ मा प्रकाशित

बाबुआमाका लागि आफ्ना सन्तानहरु प्राणभन्दा प्यारो हुन्छन् । सन्तानहरुका लागि आफ्ना कैयौ इच्छाहरु त्याग गर्छन् । तर हालै एउटा यस्तो दम्पत्ति फेला परेको छ, जसले आफूहरु रोमान्स गर्नका लागि आफ्नो बच्चालाई बालुवामा गाडेको छन्।

सुन्दैमा डर तथा घृणा पैदा हुने यो घटना अर्जेन्टिनाको ब्युनर्सआयर्सस्थित समुद्री तटको हो । समुद्री तटमा रोमान्स गर्नका लागि आफ्नो २ वर्षे बच्चालाई बालुवामा खाल्डो खनेर घाँटीसम्म पुरेर राखेका बच्चाका बाबुआमा पक्राउ परेका छन् ।

बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएसँगै पुलिस घटनास्थलमा पुगेकेा थियो ।

पुलिस घटनास्थलमा पुग्दा बच्चा गाडिएको ४५ मिनेट पुगिसकेको थियो । त्यहाँ निकै चर्को गर्मी थियो भने बच्चा पनि भोकै थियो ।

पुलिसले तत्कालै बालकको उद्धार गरी दम्पत्तिलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा महिलाको झोलामा केही नशालु औषधिहरु समेत फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार रोमान्स गर्नका लागि आफ्नै बच्चालाई बालुवामा गाड्ने त्यो दम्पत्तिमध्ये बाबुचाहिँ अर्जेन्टिनी नागरिक हुन् भने आमाचाहिँ चेक रिपब्लिक हुन् । उनीहरुसँगै अर्का एकजना पुरुष पनि रहेको तर पुलिस आउनु अगावै उनी भागेको बताइएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय