कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने
बुधबार, माघ २९, २०७६ मा प्रकाशित

बेइजिङ, माघ २९ : चीनमा प्राणघातक संक्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् ।

चीनलाई मंगलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसंघले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिँदै यस भाइरसको संक्रमण रोक्न गरेका प्रयासको सराहना पनि गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छ । उनले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो संक्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताएका छन् ।

उनले अहिलेसम्म चीनले अघिसारेका नियन्त्रणका उपायको प्रसंशा गरेका पनि समाचारमा जनाइएको छ । चीनले यस भाइरसको संक्रमण रोक्न हालसम्म चालीस हजारभन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ ।

चीनका विभिन्न प्रदेशमा रहेका छ लाख ५० हजार समुदायमा उनीहरू परिचालित भएको नागरिक मामिला अधिकारीले जानकारी दिएका थिए । नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।

उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै यो संख्याले स्थानीय नागरिकलाई प्रत्यक्षरुपमा हेर्न सकेको छ या छैन भनेर पनि निरीक्षण भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीको संख्या बढाइने बताए ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिएका छन् । उनले पनि चिनियाँ प्रयासको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने पनि बताएका छन् । ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गरेका छ ।

यस महामारीको नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग चीनलाई गर्ने आस्वासन उनले दिनुभएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डाेगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राख्नुभएको छ ।

यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीले पनि चीनलाई सान्त्वता दिँदै यस संक्रमणको नियन्त्रण एवम् निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने बताएका छन् । उनीहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका लागि आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताउनुभएको समाचारमा जनाइएको छ ।

हाल चीनले यो संक्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

बुधबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरी एक हजार १०० व्यक्ति मृत्यु भइसकेको छ । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी संक्रमित भएका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय