नागरिकको सुरक्षाका लागि अक्षरस पालना गर्ने डिआईजी प्रधानको प्रतिबद्धता
मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, माघ २० / बढैयाताल–८ स्थित कण्ठपुरमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ. पी. को भवनको सोमबार बिधिवत रुपमा उद्घाटन भएको छ ।

सशस्त्र प्रहरी बल नं ५ बिन्दबासीनका बाहिनीपती प्रहरी नायव माहानिरीक्षक किशोर प्रधानले बि.ओ.पी. को उद्घाटन गर्दै सशस्त्र प्रहरी बलले सिमा सुरक्षाका साथै नागरिकको शान्तिसुरक्षा गर्ने प्रतिबद्धता जनाए ।

सिमामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्नु बि.ओ.पी.को प्रमुख दायित्व भएको बताउदै सिमानामा हुने चोरी निकासी, मानब बेचबिखन, लागुऔषध ओसार पसार, राजस्व चुहावट जस्ता कार्यलाई पुर्ण रुपमा नियन्त्रण गर्नका लागि कानुनको अक्षरस पालन गर्न डिआईजी प्रधानले मातहतका सुरक्षा निकायका प्रमुखलाई समेत निर्देशन दिए ।

नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका डिआईजी प्रधानले लुम्बिनी प्रदेशमा ५९ वटा बि.ओ.पी. स्थापना गर्ने सरकारको योजना अनुसार ३९ वटा स्थापना भएको भन्दै नेपाल भरीको बि.ओ. पी.को संख्यालाई आधार मान्दा बि.ओ.पी. कण्ठपुर २००आंै स्थानमा भएको बताए । सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी लगाएतका तस्करी चोरीपैठरी जस्ता क्रयाकलापको नियन्त्रण गर्न अन्य सुरक्षा निकाय, स्थानिय सरकार र नागरिक समाजको समन्वय र सहकार्यमा सम्भव हुने भएकोले सबैले प्रभाबकारी भुमिका खेल्नु पर्ने डिआईजी प्रधानले जोड दिएका थिए ।

बि.ओ.पी. उद्घाटन कार्यक्रमका प्रमुख अथिति सशस्त्रका प्रहरी नायव माहानिरीक्षक किशोर प्रधानलाई बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले करिब २० लाखको लागतमा निर्मित बि.ओ.पी.को भवन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा दुई पालिकाका प्रमुख उपप्रमुख, जग्गादाता लोक बहादुर बि.क., शुभकामना एकेडेमीका प्रिन्सिपल तेजनाथ पौडेल लगाएतका ब्यक्तिहरु प्रमाण पत्र र दोसल्लाबाट सम्मानीत भएका थिए ।

सशस्त्र बल नेपाल ३१ नं.गण बर्दियका प्रमुख प्रहरी उपरीक्षक नर बहादुर रावतले संचालन गर्नु भएको उक्त कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी उपरीक्षक केदार रजौरे, अनुसन्धानका प्रमुख, बाँसगढी नगरपालिका उप –प्रमुख सुष्मा चौधरी र बढैयातालका उपाध्यक्ष दिपाकुमारी गौतम स्थानिय वडा अध्यक्ष लगायत जनप्रतिनिधी, बि.ओ.पी. कण्ठपुरका प्रमुख प्रहरी निरीक्षक नबिन बुढा, राजनितीक दलका प्रतिनिधी , समाज सेबी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय