शिक्षकको कुटपिटबाट छात्राको नाकको डाँडीमा गम्भिर चोट
बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, माघ २२ / फलामको स्केलले पिट्दा मंगलबार एक छात्राको नाकको डाँडीमा कटिएर गम्भिर चोट लागेको छ ।

गुलरिया नगरपालिका–८ मा रहेको श्री महाकवि देवकोटा उच्च माध्यमिक विद्यालयका शिक्षक सुरेश थारुले फलामे स्केल फाल्दा नाकको डाँडी कटेको पिडित छात्रा कुमकुम वाडियाले बताईन् । गम्भिर चोट लागेको छात्राको नाकको डाँडीबाट मंगलबार रातिसम्म रगत बगेको उनेको आमाले बताईन् । उनको प्रारम्भिक उपचार भईरहेको छ ।

छात्रा वाडिया सरल र मिहिनेति छात्रा भएको उनको सहकर्मी बताउँछन् । ‘सरले अरुलाई पिट्न खोज्दा मेरो नाकमा लागेको हो’ उनले भनिन्,‘सरले अरु विद्यार्थी त्रसाउन, फलामे स्केल फाल्नु लापरवाही हो ।’ नाक कटिएर मेरो डे«स भरी नै रक्तम्य भएको छात्राले सुनाईन् । मेरो गल्ती नहुदा पनि सजायको भागिदार भएको उनले दुखेसो गरिन् । उनका अनुसार अरु साथीलाई फलामको स्केलले पिट्दा मेरो नाकमा चोट लागेको छ ।

यसरी विद्यार्थी माथी जाई लाग्नु नराम्रो प्रबृति भएको स्थानीयले टिप्पणी गरेका छन् । विपन्न परिवारकि वाडियाको उपचार गर्न समेत आर्थीक अभाव छ ।

होमवार्क नगरेको, बदमाशी गर्ने विद्यार्थीलाई पिट्न लागेको बेला त्यस नानीलाई चोट लागेको शिक्षक सुरेश थारुले बताए । स–सानो कुरा पत्रिकामा छाप्नु नराम्रो भएको उनले प्रतिक्रिया दिए । ‘यो छलफलबाट निप्टीने कुरा पत्रिकामा किन छाप्नु प¥र्यो र ?’ संबादाताको प्रश्नमा उनले प्रतिप्रश्न गरे । फलामको स्केलले पिट्दा नाकमा कटिएर पुरै डे«सभरी रक्तम्यहुदा असल शिक्षकको व्यबहारबाट विद्यालयका विद्यार्थी विमुख भएको स्थानीय बताउँछन् ।

श्री महाकवि देवकोटा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक च्यामुलाल चौधरीसंग घटनाको बारेमा बुझ्दा आफु अनभिज्ञ रहेको बताए । के भएको हो शिक्षकसंग बसेर सोधिने उनले उत्तर दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय