बन्दको मारमा विरामी, मजदुर र यात्रु
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

ठप्प पार्न मात्र हाईन, प्रभावमा पार्न बन्द आह्वान गरेको हो : नगर अध्यक्ष ढकाल

बर्दिया, माघ २३ /  प्रचण्ड–नेपाल पक्षको नेकपाले आह्वान गरेको आम हडतालले बिहिबार जिल्लाको सर्वत्र क्षेत्र अस्तव्यस्त बन्यो । यातायात क्षेत्र पुर्ण रुपमा ठप्प भयो भने अन्य व्यवासायिक आंशिक रुपमा बन्द भए ।

लुम्बिनी प्रदेशको १२ वटा जिल्ला बन्दको प्रभााव देखियो । बन्दआह्वन कर्ता भने ठप्प पार्नका लागि बन्द आह्वान नगरेर प्रभाव देखाउँनका लागि बन्द आह्वान सफल भएको प्रतिक्रिया दिएका छन् । बन्दको प्रभाव नपर्ने आँकलन गरिएपनि बर्दिया स्वतस्फुर्तमा रुपमा बन्दलाई समर्थन गरेको देखियो ।

बन्द प्रभावकारी बनाउन प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले जिल्लाको मूख्य–मूख्य चोकमा झुण्ड बनाएर आवागमन रोकिरहेका थिए भने सानो सानो समूह बनाएर छुट्टाछुट्टै प्रदर्शन पनि गरेका थिए । प्रदर्शनकारीले सरकार विरोधी नारा लगाएका थिए ।

बर्दियामा संघर्ष समितिका अध्यक्ष लक्ष्मी प्रसाद सर्मा , नगर अध्यक्ष गहेन्द्र ढकालल लगायतले बन्द गराउँदै हिँडेका थिए ।
यस्तै बर्दियाका अधिकांश नेपालगन्ज रोड लगायतमा बाटोमा गाडी टेर्साएर सडक अवरुद्ध पारेका थिए । आन्दोलनकारीले एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु बोकेका सवारीहरू भने सोधपुछ गरेर छाडेका थिए ।

केहि स्थानमा टायर समेत बालिएको छ भने बुधबार गन्तब्यका लागि हिँडेका बसहरुलाई समेत गन्तब्य पुग्न नदिई सडकमा रोकिएको थियो ।
मुख्य सडकमा बन्दकर्ताहरुले कडाई गरेपनि सडकहरु भने सञ्चालनमा थिए । पसलहरु पनि आँसिकरुपमा खुलेका थिए ।

ठप्प पार्न बन्द आह्वान नगरिएको गुलरिया नगरपालिका संघर्ष समितिका अध्यक्ष गेहेन्द्र ढकालले बताए । ‘ठप्प पार्न मात्र नभई जनताले स्वतस्फुर्त रुपमा बन्द समर्थन गर्ने हुन वा होईन हेर्न थियो’ उनले भने,‘हामीले जनताले गरेको स्वतस्फुर्त समर्थ बन्द आह्वान सफल भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय