बारबर्दियाकि बालिकाको भारतमा बलात्कार पछि हत्या प्रकरण
बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

सामुहिक बलात्कारको दोषी उम्कने हुन कि भन्ने स्थानीयलाई चिन्ता

बारबर्दियाकि एक बालिकाको भारतमा सामुहिक बलात्कार पछि हत्या भएको घटनामा सीमावर्तीमा रहेका जिल्ला प्रशासन कार्यालय रौतहट र बर्दिया अपराधीले उन्मुक्ति हुन नदिन भारतीय पक्षसँग निरन्तर समन्वय र सुचनाका आदान–प्रदान मार्फत जोडिरहेको छ । प्रजिअ : लिलाधर अधिकारी

बर्दिया, माघ २९ (फरकसमाचार) भारतको बिहारमा सामुहिक बलात्कारपछि हत्या भएको घटना संलग्न अपराधको विषयमा स्थानीय चिन्तित भएका छन् । घटनामा संलग्नलाई कडा भन्दा कडा सजायको माग गरेका पिडित परिवार अपराधी उम्कने हुन कि भन्ने विषयमा चिन्तित भएका हुन । रोजगारीका लागि भारतको बिहार पुगेका परिवारको बालिकाको सामुहिक बलात्कार पछि हत्या भएका घटनालाई स्थानीय भारतीय प्रहरी मिलिमतोमा प्रमाण नष्ट गरेको घटना बाहिर आए पछि नेपाल बस्ने आफन्त र स्थानीय यतिबेला त्रसित छन् ।

पिडित परिवार न्यायको खोजीमा यतिखेर भारतका सरकारी निकाय र अधिकार कर्मीको घर दैलोमा पिडित पक्ष पुगिरहेका छन् । यस्तो अवस्थामा पिडित परिवार सुरक्षाको ग्यारेन्टी समेत गर्न स्थानीय प्रशासन समक्ष माग गरेका छन् । बुधवार जिल्ला प्रशासन,बर्दिया पिडित मृतकको भिनाजु नर वहादुर विकले प्रजिअ समक्ष घटनाको बारेमा जानकारी गराएका छन् ।

भारतीय पक्षले सामुहिक बलात्कार पछि हत्या भएको घटनाको भारतीय पक्षले गम्भीर रुपमा अनुसन्धान गरिहरको उनले जानकारी गराए । भारतीय पक्षले अघि बढाएको अनुसन्धान पछि स्थानीय ईन्चार्जलाई निलम्बन र दुई जना दोषी नियन्त्रणमा लिईसकेको उनले जानकारी दिए । गत असोज बारबर्दियाकि वडा नं ६ को एक विद्यालयमा अध्यनरत १२ वर्षिय नाम परिवर्तित आमा बुवासँगै भारतको बिहार राज्यको बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा पुगेकि थिईन । भारतको बिहारमा उनका बुवा बजारको चौकिदारी गर्थे ।

घटना अघि मृतकको आमा बारबर्दिया फर्केकि थिईन । एक्लै घरमा बसेको अवस्थामा सामुहिक बलात्कार पछि डोरीले कसेर हत्या गरेको खुलेको छ । स्थानीय प्रहरीको मिलिमतोमा बालिकाको शव घटनाको रात नै दाहसंस्कारको नाममा प्रमाण नष्ट गरेको समेत पुष्टि भएको छ । पिडित मृतकका भिनाजुको अग्रसरता उक्त केश उल्टिए घटनामा संलग्न प्रहरीलाई निलम्बन गरिएको छ भने अपराधमा संल्लग्न भारतीय प्रहरीले खोजी गरिरहेको छ ।

माघ ८ गते भने घरमा कोहि नभएको मौकामा बालिकाको सामुहिक बलात्कार पछि हत्या भएको थियो । बर्दिया र रौतहट प्रशासनले अपराधीलाई उम्कन नदिन पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । उनका अनुसार प्रशासन मृतकका परिवारसँग नियमित सम्र्पकमा रहेको छ ।

भारतीय पक्षले गरिहरको अनुसन्धानमा सहयोगी भुमिकामा प्रशासनले गरिरहेको छ । ‘पिडित परिवार सदस्य तथा भिनाजुसँग मेरो पनि भेट भयोे,’प्रजिअ अधिकारीले भने,‘जिल्ला प्रशासन कार्यालय रौतहट र बर्दियाले यस घटनालाई गम्भिरता पूर्वक लिएको छ ।’ गृह मन्त्रालय समेत सामुहिक बलात्कार पछि हत्या भएको घटना गम्भीर रुपमा लिएको समेत प्रजिअ अधिकारीले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय