उत्कृष्ट बर्दिया अस्पतालमा कमिशनको गन्ध
शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

जिल्ला अस्पतालमा उपलब्ध नभएको सेवाका लागि सेवाग्राहीलाई बाहिर जिल्लामा पठाउँनु पर्ने ल्याव टेष्टका सेम्पलमा अस्पतालमा कार्यरत कर्मचारीले पहल नगरेर अस्पतालमा रहेको सरकारी ल्यावको आधिकारीक पत्रमा उल्लेख भए बमोजिम ल्याव टेष्ट गराएमा सेवाग्राही मर्कामा नपर्ने र सेवा ग्राहीले शुलभ मूल्यमा अस्पतालबाट सेवा पाउँन सक्ने छ :अस्पताल स्रोत

राम प्रसाद चौहान
बर्दिया, माघ ३० / लुम्बिनी ५ प्रदेशका १२ वटा जिल्लामा उत्कृष्ट भएको जिल्ला अस्पताल ल्याव व्यवस्थित नगर्दा सेवाग्राहीले पाउने सहज सेवामा समस्या उत्पन्न भएको छ । विगत देखि ल्याव कर्मचारीले ल्याव टेष्ट सहयोग गरिदिने भन्दै टेष्ट नमुना बाहिर पठाउँन थालेपछि बर्दिया अस्पतालमा कमिशनको गन्ध आएको स्रोतको दाबी छ ।

जिल्ला अस्पतालमा उपलब्ध नभएका ल्याव टेष्टमा कर्मचारीले जिम्मा लिएर पठाएका टेष्टमा ठगिएर अतिरिक्त शुल्क तिर्न परेको एक सेवाग्राहीले गुनासो गरे । जिल्ला अस्पतालले रगतबाट चाँज गरिने सेवा मात्र उपलब्ध गराउँदा अन्य टेष्टका लागि नेपालगंज र कोहलपुरका ल्यावमा पठाउँने पर्ने बाध्यतासँगै सेवाग्राही मर्कामा परेको गुनासो छ ।

जिल्ला अस्पतालले फोक्सोको पानी, पेटमा रहेको पानीबाट निस्कने सुगर जस्ता टेष्ट बर्दिया अस्पतालमा छैन । अन्य टेष्ट बाहिरी जिल्लाको ल्यावमा भर पर्दा कमशिनको खेल मौलाउँदै गएको स्रोतको दाबी छ । जिल्ला अस्पताल उपचारका लागि अघिल्लो हप्ता निकालिएको फोक्सोको पानी कर्मचारीको मिलिमतोमा बाहिरी जिल्लाको ल्यावमा पठाउँदा कमिशनको खेलको गन्ध आएको एक सेवाग्राहीले सुनाए ।

यदि जिल्ला अस्पतालमा उपलब्ध नभएका त्यस्ता सेवा जाँच गराउँदा अस्पतालको ल्यावबाटै नपठाउँदा कर्मचारी प्रलोभनमा पर्ने सम्भावना बढेको छ । यस्ता किसिमका समस्या समयमा हल नभए कमशिन खेलको प्रलोभनमा परे उत्कृष्ट अस्पतालको ताज कति खेर खस्ने हो भन्ने थाहा नहुने स्वयम कर्मचारी बताउँछन् । ‘बिरामीले आफै ल्याव टेष्टको लागि लैजान नसक्ने र कर्मचारीबाट जाँदा कमिशन मौलाउँने प्रबृति बढ्न सक्छ’उनले भने,‘यस्ता गतिविधि रोक्न अस्पतालको ल्याव पत्र लिएर जाने नियम कार्यान्वयनमा लिएर अख्तियार गर्न पर्छ ।’ ग्रामिण भेगका बिरामी अस्पतालले नयाँ–नयाँ टेष्ट गर्न लगाउँदा पनि अलमलमा पर्दै आएका छन् । कुन टेष्ट कहाँ शुलभ मुल्यमा गराउँन सकिन्छ भन्ने सेवाग्राही अनभिज्ञ हुदा बर्दिया अस्पताल पुग्ने सेवाग्राही ठगिएका घटना पटक–पटक दोहरिएको छ ।

जिल्ला अस्पतालमा कुनै पनि किसिमको कमशिन खेलमा कर्मचारी संलग्न नभएको जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले दाबी गरे । ‘अनभिज्ञ सेवा ग्राहीलाई ल्याव टेष्टको बारेमा जानकारी नहुदा कर्मचारीले सहयोग गरे होलन्’ उनले फरकसमाचार संवाददातासँग भने,‘जिल्ला अस्पतालमा नहुने टेष्टलाई बाहिरी जिल्ला पठाउँनु पर्ने बाध्यतामा अस्पताल छ ।

’ कुनै पनि कर्मचारीले कुनै किसिमको त्रुटि गरेको फेला पारेमा सुधार गर्दै लैजाने बर्दिया अस्पतालका मेसु पाण्डेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय