दोस्रो चरणको कोरोना खोप अभियान शुरु
सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित

बर्दिया, फागुन ३ (फरकसमाचार) / कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान आईतबारबाट शुरु भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई खोप लगाईएको थियो भने दोस्रो चरणमा सामुदायसंग बढी घुलमिल हुनेलाई लगाईदै छ ।

जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोप लगाउने अभियान सुरु भएको छ । यो खोप लगाए पनि स्वास्थ्यका मापदण्ड अपनाउन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आग्रह गरेका छन् ।

आइतबार ४६ जना महिला र ५ सय ६४ जना पुरुष गरी जम्मा ६ सय १० जनालाई खोप लगाईएको जानकारी स्वास्थ्य कार्यालयले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय