विवाद विच गुलरियाको दुई वटा चौक शिलान्यास
मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित

बर्दिया, फागुन ४ (फरकसमाचार) गुलरियाको दुई वटा चौक सोमबार शिलान्यास गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चौकलाई गणेशमान चौक र माताङ्गी चौकलाई बिपि चौक नामाकरण गरी शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा पूर्व मन्त्री संजय कुमार गौतम, काँग्रेस नेता गोपाल दहित र नगर प्रमुख मुक्तिनाथ यादवको उपस्थितीमा दुई चौक शिलान्यास भएको हो ।

नेकपाका नेता बामदेव गौतमले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले माताङ्गी चौकलाई बिपि चौक नामाकरण गरेपछि विरोध जनाएका थिए भने विपी चौक नामाकरण विरोधमा स्थानीयले विरोध जनाएका छन् ।

धार्मिक आस्थामा राजनितिकरण गर्न नहुने स्थानीयको भनाई छ । विरोध जनाउने बामदेव गौतमको कार्यकर्तालाई प्रहरीले तितरबितर पारेपछि मन्त्री गौतमको नेतृत्वमा पुगेका काँग्रेस समर्थकका अघि मन्त्री गौतमले चौकसंगै माताङ्गी देवि नामको प्रवेशद्वार शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय