जसको दृढ ईच्छा शक्तिले बर्दिया अस्पताल सेवाग्राहीमैत्री बन्यो
मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित

अस्पताल विकास समितिले गरेको नितिगत निर्णयपछि गणेश मन्दिर, सुरक्षा गार्ड कक्ष र अस्पतालमा सेवाग्राही कक्ष अस्पताल हाता भित्र निर्माण भएकाले अस्पतालको बाहिरी आवरण पनि आर्कषक देखिन्छ भने न्यूनतम मूल्यमा एक्सरे, भिडियो एक्सरे रगतमा सुगर जाँच, एपेन्डिक्सको अप्रेशन र फारमेसी सुविधा जिल्ला अस्पताल दिन थालेपछि अस्पताल प्रति सेवाग्राहीको सोच सकारात्मक भएको पाईएको छ । फारमेसीमा औषधी किन्दा सस्तो भएपछि स्थानीय अचाक्ली खुसी छन् ।

राम प्रसाद चौहान
बर्दिया, फागुन ४ / घिसिपिटि चलिरहेको बर्दिया जिल्ला अस्पताल । विरामी जस्तै अस्पतालको सेवा । दक्ष जनशक्ति नहुँदा रेफर गर्ने पर्ने बाध्यता । तीन वर्ष अघिको फेहरहिस्त सुन्दा जो कोहि पनि अचम्म मान्छन् । तर यर्थाथमा भन्दा बर्दिया अस्पतालको अवस्था यस्तै यस्तै नै थियो र हो पनि ।

तर,तीन वर्षको अन्तरालमा अस्पतालमा भएका सुधार छर्लङ्ग एैनामा देखिने जस्तै छ । यो कसरी सम्भव भयो भने प्रश्न चिन्ह खडा पनि हुने गर्छ । तर पनि सुधार उन्मुख बर्दिया अस्पतालले दिने सेवाको पहिलो श्रेय अस्पताल प्रमुख डा. सुभाष पान्डेलाई दिदा कसैको चित्त भने दुख्दैन । जसको दृढ इच्छा शक्तिकै कारण अस्पताल सेवा सेवाग्राही मैत्री भएको भन्ने आभास दिलाउँन पाण्डे सफल छन् । उनकै कामले अस्पतालको परिचय फेरिएको छ । सेवाग्राहीको मन जित्दा पाण्डे जिल्ला वासी माझ हाई हाई छन् ।

बेथितिमा गुज्रिएको अस्पतालमा उत्कृष्ट बनाउँन सफल उनी जिल्लावासी माझ प्रिय छन् । लुम्बिनी प्रदेश कै उत्कृष्ट बर्दिया अस्पताल बन्न पुगेपछि देशभरमै उनको चर्चा छ । उनले रोपेको बिउको फल पाकेपछि यतिखेर मिठो फल चाख्न पाउँदा जिल्लावासी दंग छन् । विरामीले अस्पतालमा सम्पुर्ण सेवा पाउँन थालेपछि अस्पतालका टिमसँग स्थानीय औधी खुसी छन् ।

भारतको लखनउ उपचार बर्दिया अस्पतालमा सम्भव भएको सेवाग्राही निर्मला मैनालीले बताईन ।‘बर्सेनि भारतको लखनउ जाने समस्या, अस्पतालले दिएको सेवाबाट हल भयो’उनले भनिन्,‘यसलाई राम्रो भन्ने कि नराम्रो त ?’ पेट दुख्दा ठूलो खर्च गरेर लखनउ पुगेर उपचार गर्न पर्ने बाध्यता टरेको उनले सुनाईन । रेकर्डमा ०७४/०७५ मा ओपिडी सेवालिएका सेवाग्राही २४ हजार, ०७५/७६ मा ३७ हजार र ०७६/७७ मा ४२ हजार बिरामीले सेवालिएको पुष्टि गरेको छ ।

बर्सेनि ओपिडिमा सेवा लिनेको संख्या बढ्नुले अस्पताल सुधार उन्मुख भएको पुष्टि गर्छ ।
विशेषज्ञ चिकित्सकद्धारा उपकरण मार्फत दिईने सेवा र जनशक्ति व्यबस्थापनले सेवाग्राहीलाई आर्कषण गरेको छ । २४ घण्टै ल्याब सेवासँगै फार्मेसि सेवा बिस्तार गरेपछि जिल्लावासी साच्चिकै अस्पताल सेवा विस्तार गरिहेको अनुभुति गरिरहेका छन् ।

अस्पतालले सेवा र सुविधा प्रबिधिमा सुधार अघि बढाएपछि ओपिडिमा र अंतरगमा चेक जाँच गराउँने बिरामीको समेत बृद्धि देखिन थालेको छ । इमेरजेन्सी सेवा अन्तरगत ०७५/०७६ मा ८ हजार र ०७६/०७७मा ९ हजार विरामीले सेवालिएको उल्लेख छ ।

भर्ना भई उपचार भएका विरामी ०७४/०७५ मा २२ हजार थिए भने ०७५/०७६ मा २२ हजार र ०७६/७७ मा २६ हजारले बढ्नु अस्पताल सेवा मुखी भएको बुझिन्छ ।

यस्तै सुत्केरी सेवा अन्तरगत ०७४/०७५ मा १ हजार, ०७५/०७६ मा १ हजार २ सय र ०७६/७७मा १ हजार ५ सयले सेवा लिएका छन् ।
६ माहिनायता १ हजार २ सय जनाको अप्रेशन गरेर बच्चा जन्माएको र महिनामा २५ जनासम्मको अप्रेशन गरेर सुत्केरी सेवा दिएको अस्पतालको रेकर्डमा उल्लेख छ ।

लामो समय देखि बर्दिया जिल्ला अस्पताल गुलरियाबाट अधिकांश बिरामी जिल्ला बाहिर रेफर गरिन्थ्यो । उपचार गर्न आएका विरामी जस्तै न्यूनतम सेवा सुविधा नहुँदा सामान्य प्रकृतिका बिरामीसमेत जिल्ला बाहिर रेफर गर्न पर्ने र समान्य उपचारकै लागी भारतीय शहरका अस्पताल पुग्ने विरामीलाई बाध्यता थियो । जिल्ला अस्पताल भएपनि नेतृत्व पक्ष फितलोले अधिकांश सेवा ग्राहीलाई मर्का परेको थियो । त्यसैले यस क्षेत्रका बिरामीहरुको गुलरियाका निजी क्लिनिकका चिकित्सक र जिल्ला बाहिरका स्वास्थ्य संस्थाहरुमै विरामीको भीड लाग्थ्यो ।

तर, पछिल्लो समय जिल्ला अस्पतालबाट सेवा लिने विरामी खुसी व्यक्त गर्न थालेका छन् । माईनर देखि र सिजरियन सेक्सन जस्ता अप्रेशन जिल्ला अस्पतालका डाक्टरहरु सेवा दिन तल्लिन छन् । अस्पताल विकास समितिका अध्यक्ष अंगत श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेको सक्रियतासँगै अस्पतालको टिम वर्कले अस्पतालको सेवामा कायापलट भएको छ । संरचना विस्तारसँगै थुप्रै सेवा विस्तार गरिएको छ । विशेषज्ञ सेवाले विरामीको विश्वास जित्न सफल भएकोे मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पान्डेले दावी गरे । ‘हामीले जति सक्दो छिटो र स्तरिय सेवा दिन्छौ, त्यसरि नै सेवाग्राहीको विश्वास जित्ने हो’उनले भने,‘ अस्पतालले विस्तार गरेका सेवामा निरन्तरताका लागी सबै सहकर्मी दत्तचित्त भएर लागेका छौं ।’

‘ यँहा धेरै आमाको ज्याान जोगिएको छ’ मेसु पान्डेले भने, ‘टाउँको नभएका बच्चालाई भिडियो एक्सरे गरेर बेलैमा त्यस्ता आमा बचाएका छौ, गत शुक्रबार फुटेको एपेन्डिक्सको अप्रेशन गरेका छौं, यो हाम्रा लागि ठूलो उपलब्धी हो ।’

सीमित स्रोत साधनका अस्पतालले छवि सुधार्दै गएको अस्पताल विकास समितिका अध्यक्ष अंगत श्रेष्ठले बताए ।

अस्पतालले मेटेनरी वार्ड (सुत्केरी भएपछि राख्ने ठाउँ) जनरलल वार्डलाई र ईमरजेन्सीवार्डलाई व्यबस्थित र स्तरोन्नति गरेको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय