एक लाख भन्दा बढी मुल्यका चौपाया बरामद
मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित

बर्दिया, फागुन ४ / भारतबाट अवैध रुपमा ल्याउदै गरेको चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटर बर्दिया र मातहत विओपिहरुबाट खटी गएको सशस्त्र प्रहरी टोलीले विभिन्न नाकाहरुबाट चौपाया नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार अवैध चौपाया मुल्य रु एक लाख दश हजार बराबरको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको चौपाया कार्बाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय