नगर प्रमुख क्षेत्रीद्वारा मन्दिर उद्घाटन
बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित

बर्दिया, फागुन ५ / सरस्वती पुजाको अवसरमा मंगलबार आनन्द आधारभूत बिद्यालय रातामाटेमा सरस्वती मन्दिरको उद्घाटन मधुबन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रिद्वारा गरिएको छ ।

मन्दिर उद्घाटन कार्यक्रममा मधुवन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बहादुर खड्का, शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर भाट, प्रधानाध्यापक खगेन्द्र प्रसाद खनाल लगायत शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयको उपस्थिती रहेको थियो ।

सरस्वती माताको विधिवत रुपमा पुजा पाठ गरी मन्दिरको उद्घाटन भएको छ । विद्यालयलाई सरस्वती माताको मुर्ति गुलरिया नगरपालिका निवासी समाजसेबि रबि यादवले उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय