घटेन हात्ती आक्रमणको त्रास,सम्बन्धित निकाय मुख दर्शक
बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित

‘जिल्लाको सिंगो पश्चिम बेल्ट हात्ती आतंकको चपेटामा छ’

निकुञ्ज जोडिएको गेरुवा गाउँपालिकाका मनाउँ, हात्तीखल्ला, गोला, जनकनगर, राजापुर नगरपालिमा पर्ने खैरीचन्दनपुर, डिमारकेशन, भिम्भापुर र लगायत अधिकांश भारतीय सीमासँग जोडिएका हात्ती आंतक त्रासले रातभर जाग्राम बस्छन् ।

बर्दिया फागुन ५ (फरकसमचार) राजापुर १० खैरीचन्दपुरमा हात्ती आंतक रोक्न भन्दै आईतवार बडघरको बैठक बस्यो । छलफलमा बिद्युतिय तारवार मात्र हात्ती रोक्न प्रयाप्त नभएको निष्र्कष निस्क्यो । विना निष्र्कष बडघरको छलफल टुङगियो । तर गाउँ बस्ती हात्तीको त्रासले स्थानीय आंतकित छन् ।

नेपाल र भारतका आवागमन गर्ने हात्तीको बिगत देखि नै आंतक मच्चाईमा रोक लागेको छैन । दिँनदिनै आउँने हात्ती धपाउँन रात भर जाग्राम बस्नु परिरहेको स्थानीय राम प्रसाद चौधरीले बताए । ‘दिँन दिनै हात्ती आउँछ गाउँले हेरेको हेरै हुन्छन्,’उनले भने । निकुञ्ज जोडिएको गेरुवा गाउँपालिकाका मनाउँ, हात्तीखल्ला, गोला, जनकनगर, राजापुर नगरपालिमा पर्ने खैरीचन्दनपुर, डिमारकेशन, भिम्भापुर र लगायत अधिकांश भारतीय सीमासँग जोडिएका हात्ती आंतक त्रासले रातभर जाग्राम बस्छन् ।

हात्तीको लामो दुरिको यात्रा तय गर्ने गरेको निकुञ्जका कर्मचारी बताउँछन् । कुनै बेला भारत हुँदै पूर्व क्षेत्रबाट प्रवेश गरेका हात्ती पश्चिम हुँदै पुनः भारततिरै पुग्थे । हात्तीमा मानिसमा जस्तै बुझ्ने क्षमता हुन्छ, संवेदशीलता पनि त्यस्तै हुन्छ । हात्तीलाई चलाए, नजिस्काएसम्म ऊ कसैसँंग जाइलाग्दैन । ‘जति बढी बिच्क्यायो, उति बढी आक्रामक बन्ने हात्तीको बानी हुन्छ’,पूर्व वार्डेन रमेश थापाले भने, ’हो हल्ला हुदा हात्ती झन आक्रमक बन्छ ।

निकुञ्जबाट प्राप्त तथ्याकंमा १७ वर्षमा हात्तीको आक्रमणबाट ३६ जनाको ज्यान गएको छ । गत बर्ष मात्र जंगली हात्तीको आक्रमणमा परि मध्यवर्तीका ६ जनाको ज्यान गएको छ । ६ जना अंपाग छन् । ५ सय घर, ६० बिगाहा जमिनको खेती र २ सय ५० जनाको भण्डारण गरिएको अन्न जंगली हात्तीले नोक्सान गरेकोे रेकर्डमा उल्लेख छ ।

२०६८ सालअघि हात्तीबाट मारिएका र भौतिक क्षति व्यहोरेका परिवारले सरकारबाट अहिलेसम्म राहतको नाममा एकसुक्को पाएका छैनन् । २०६० सालमा हात्तीको आक्रमणबाट घाईते भएका कामी पटक पटक राहत माग्न धाए । रडको सहारमा हिड्ने उनले सरकारबाट राहत पाएनन बरु रिन लिएको पैसा खर्च गरे ।’बरु आफ्नै खर्च भयो’कामीले दुखेसो गरे ।

२०६८ अघि अधिकांश हात्तीबाट ज्यान गुमाएका र अशक्त भएका सर्वसाधरणको पीडा पनि उस्तै छ । ‘दिन्छौं मात्रै भन्छन्, तर अहिलेसम्म पाएको छैन’उनीहरु गुनासो गर्छन् । रातभर जंगलमा बस्ने र सांझ पर्नासाथ गाउँ छिरेर आतंक मच्याउने गरेको हात्ती नियन्त्रणका लागि निकुञ्जको टोली खटिए पनि हात्तीको आतंक नरोकिएको निकुञ्ज प्रशासन स्वीकार्छ । नेपाली सेनाले फायर गरेर हात्ती भगाउने गरेको छ । तर हात्ती फायरसंग डराउन छोडेकोले स्थानीय वासिन्दा त्रस्त छन् ।

हात्ती नियन्त्रणका लागि एउटा गाडी सहित नेपाली सेना र निकुञ्ज कर्मचारीको टोली खटिन्छ । हात्तीबाट भएको क्षतिको मुल्यांकन गरी उचित राहत उपलब्ध गराईने र यसै बर्ष भित्र गेरुवा गाउपालिकासंग सहकार्य गरेर हात्ती नियन्त्रणका लागि पाताभार, गोला, मनाउ र पशुपतिनगरमा भरपर्दो बिद्युतिय तारबार नहुदा समस्या भईरहेको छ ।

जिल्लाको सिंगो पश्चिम बेल्ट हात्ती आतंकको चपेटामा छ । यहाँका स्थानीय अहिलेसम्म ढुक्कले निदाउन सक्दैनन् । साँझ परेपछि ओछ्यानमा जान सक्दैनन । हात्ती धपाउन रातभर जाग्राम बस्नु पर्ने बाध्यता छ । यसरी पीडा सहेको वर्षौं बित्यो । तर हात्ती समस्या ज्युँकात्युँ छ । समस्या अझै समाधान हुनसकेको स्थानीय गुनासो गर्छन् ।

सरकारले वन्यजन्तुबाट हुने क्षति सम्बन्धी राहत निर्देशिका २०६६ पछि २०७४ मा पटक पटक निर्देशिका जारी गरेपनि पिडितको मलम लगाउँन सकेको छैन । २०६६ को निर्देशिकाले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा डेढ लाख, सख्त घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति बापत दिने व्यवस्था गरेको थियो । २०६९ सालमा सरकारले संशोधन गरी मृत्यु भएकाको हकमा दोब्बर क्षतिपूर्तिको व्यवस्था गरी ३ लाख रुपैयाँ बनायो ।

अन्यको हकमा भने रकम यथावत छ । २०७४ को संसोधित निर्देशिकामा मृत्यु भएका १० लाख, घाईत भएमा २ लाख र घर भत्काएमा १० हजार सम्म छ । मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण सबभन्दा ठूलो चुनौतीको विषय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय