गुलरिया नगरपालिकामा चार लेनको सडक धमाधम निर्माण
शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, फागुन ८ / लामो समय देखि निर्माण चरणमा रहेको सदरमुकाम सडकसँगै चारलेनको सडक निर्माणले गति लिएको छ ।

राधाकृष्ण चौक देखि जब्दी घाट पुल हुदै निर्माण भईरहेको सडकले गति लिएको हो भने भादापुल देखि जिप्रका चौकसम्म निर्माणधिन सडक तीव्र गतिमा निर्माण भईरहेको छ ।

गजुरीमुखी कम्पनी निर्माण गरिहेको सडक विस्तारको सम्पुर्ण काम सकेर अन्तिम चरणको काम गरेको निर्माण व्यवसायीको भनाई छ । सडक डिभिजन कार्यालय बाँकेले गुलरिया जिप्रका चौकसम्म चार लेनको सडक निर्माणका लागि प्राबिधिक सहयोग गरेको छ ।

सुरुमा सडक विस्तार गर्दा सडक मापदण्ड भित्र पर्ने सडकका संरचनाले चार लेन विस्तार भएको ढिलाईसँगै निर्माणधिन सडकले गति पाएको छ । यस्तै एक महिना अघि देखि हाल गुलरिया न.पा ५ बाट राधाकृष्ण चौक सम्मको चार लेन सडकका लागि सडक मापदण्ड भित्र पर्ने स्वस्तस्फुत स्थानीय संरचना भत्काएपछि उक्त चार लेन सडकले गति लिईरहेको छ ।

चार लेन सडकका लागि माटो फिलिङका माटो अभाव भईरहेको गुनपाका ४ का अध्यक्ष राम बहादुर रावलले बताए । ‘सडक निर्माणका लागि माटो अभाव भएको छ’उनले भने,‘वन क्षेत्र अधिकार भित्र पर्ने माटोका लागि सम्बन्धित निकाय पहल गरिरहेका छौ ।’जब्दी पुल सम्म पुग्ने सडक तुल्सीपुर देखि दक्षिण बजारसम्म धमाधम निर्माण भईरहेको छ ।

वन डिभिजन कार्यालयले आफ्नो क्षेत्र भन्दै माटो ल्याउँन बाधा गरेपछि जब्दी सडक सम्म सडक निर्माण गर्न समस्या भईरहेको छ । आधिकारी निकायसँग समन्वय र सहकार्य मार्फत तोकिएको समय चार लेन सडकका लागि नगरपालिकाले पहल गर्ने नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

‘गुलरिया नगर भित्र सडक निर्माणले तिव्रता पाईरहेको’उनले भने,‘सुन्दर नगरपालिका परिकल्पना गरेर निर्माण सूरु गरिएका नाली सहित पक्की सडक केहि समय भित्र पुरा हुन्छन् ।’गुलरिया नगर सडक विस्तारलाई प्राथामिकता दिएर अधिकांश ठाउँमा पक्की सहित पक्की सडक र चार लेनको सडक समय सीमा भित्र सक्न निर्माण व्यवासयीले तागेता गरिरहेको नगर प्रमुख मुक्तिनाथ यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय