प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो अचम्मको निष्कर्ष आउने प्रबल सम्भावना
बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

काठमाडौं

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

यही फागुन २३ गते सूचना टाँसेर बन्द भएको बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।

सर्वोच्च अदालतले नेकपाको नाम खारेज गरेसँगै देखिएको नयाँ राजनीतिक घटनाक्रमपछि बस्न लागेको यो बैठकमा नेकपा

माओवादी केन्द्रका सांसदहरुको सिट व्यवस्थापनमा संसद सचिवालयले केही हेरफेर गरेको छ ।

संसद सचिवालयका अनुसार नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नगरेपनि सत्तापक्षसँगै नबस्ने गरी सिटको व्यवस्था मिलाइएको छ ।

सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार माओवादी केन्द्रका सांसदहरुका लागि अलगै लहरको ब्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्र अलग अलग पार्टी भएको पत्र संसद सचिवालयमा पठाएपछि

संसद सचिवालयले सिटहरुको नयाँ व्यवस्थापन गरेको हो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय