ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने जसपाको निर्णय
बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

काठमाडौँ

फागुन

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरताका लागि समर्थन गर्ने तयारी गरेको छ ।

तर, जसपाभित्रै रहेका उपेन्द्र यादव, डा. बाबुराम भट्टराई खेमा भने आफ्नै नेतृत्वमा संयुक्त सरकार बनाउने दाउमा रहनु भएको छ ।

एकता भएको लामो समय बितिसक्दा पनि कुनै काम अगाडी बढ्न नसकेपछि पूर्व राजपाले एमालेसँग सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको छ ।

त्यसका लागि अध्यक्ष महन्थ ठाकुरले एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको जानकारी बैठकमा गराउनु भएको छ ।

कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई जिम्मेवारी तोकेको उहाले जानकारी गराएको एक सांसदले बताउनु भयो ।

कार्यदलमा एमालेका तर्फबाट उपमहासचिव बिष्णु पौडेल, नेता सुवास नेम्वाङ र डा. राजन भट्टराई रहनु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय