बर्दियामा बढदै कोरोना संक्रमण
शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १७ (फरकसमाचार)

जिल्लामा दिनहुँ कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमणको साङ्लो तोड्न जिल्लामा निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासनले बैशाख १३ गतेदेखि १९ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
राजापुर नगरपालिकामा ९२ संक्रमित मध्ये दुईको मृत्यु भएको छ भने ९० जनामा कोरोना सक्रिय रहेको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।
त्यसैगरी गेरुवा गाउँपालिकाका ७ कर्मचारीमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्गले जानकारी दिए ।

बिहिबार जिल्लामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ३० महिला र २३ पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय २५ पुगेको छ । निको हुनेको संख्या १ हजार ५ सय ९६ पुगेको छ । ६ सय २ जनामा भाइरस सक्रिय रहेको छ भने २७ जनाको कोरोना संक्रमणले मृत्यु भईसकेको छ । सक्रिय संक्रमित मध्ये १७ जनाको भेरी अस्पतालमा उपचार भईरहेको छ भने बाँकी होम आईसोलेसनमा रहेका छन् । संक्रमण दिनहु बढ्दै गएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई पटक पटक आग्रह गरिरहेको छ । निस्कनै पर्ने अवस्थामा स्वास्थ्यका मापदण्डको पुर्ण रुपले पालना गरी निस्कन अनुरोध गरेको छ ।

जिल्लामा निर्माण गरिएका अस्थायी कोभिड अस्पतालको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बिहिबार अनुगमन तथा निरिक्षण गरेका छन् । निर्माण गरिएका कोभिड अस्पताल अक्सिजन सहित सेवा प्रवाहका लागि तयारी अवस्थामा राख्न प्रजिअले निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय