बर्दियामा थप १९ जनामा संक्रमण पुष्टि
शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १८ (फरकसमाचार)

जिल्लामा थप १९ जनामा कोरोना संक्रमण शुक्रबार पुष्टि भएको छ । ६ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय २४ पुगेको छ । निको हुनेको संख्या १ हजार ६ सय २४ पुगेको छ । ५ सय ९२ जनामा भाइरस सक्रिय रहेको छ भने २८ जनाको कोरोना संक्रमणले मृत्यु भईसकेको छ । सक्रिय संक्रमित मध्ये १७ जनाको भेरी अस्पतालमा उपचार भईरहेको छ भने बाँकी होम आईसोलेसनमा रहेका छन् । संक्रमण दिनहु बढ्दै गएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई आग्रह गरिरहेको छ । संक्रमणको साङ्लो तोड्न जिल्लामा निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासनले बैशाख १३ गतेदेखि १९ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय