प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त
सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन असफल भएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा संसदमा भएको मतदानमा प्रधानमन्त्री ओलीले ९३ वटा विश्वासको मत पाएका छन्। उनको विपक्षमा १२४ जना सांसदले मतदान गरेका छन्।

कुल २३२ जना उपस्थित सांसदमध्ये १५ जना तटस्थ बसेका छन्। ३५ जना सांसद अनुपस्थित रहेका छन्।

यो सँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्।

नेकपा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार थियो।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय