प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै
शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि पुन प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

यसअघि संसदमा ओलीले सोमबार विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए। अन्य दलले बहुमत पुर्‍याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी हुन्।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय