राज्यमन्त्री विक किन गइनन् सपथ ग्रहण समारोहमा ?
शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रिपरिषदका सदस्यलाई निरन्तरता दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।तीन राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा सबैले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् । आज सपथ ग्रहण समारोहमा उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री विक भने सहभागी हुन सकिनन् । विकका सहयोगी राजकुमार महतराका अनुसार उनी कोरोना संक्रमति भएका सपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेकी हुन् ।

केही दिनअघि कोरोना संक्रमित भएर  राज्यमन्त्री विक मन्त्री क्वार्टरभित्र आइसोलेसनमा बसिरहेकी महतराले रातोपाटीलाई जानकारी दिए ।साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय