निषेधाज्ञा उल्लंघन गर्ने दुई बस नियन्त्रणमा
बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ६ (फरकसमाचार)

निषेधाज्ञा उल्लंघन गरी यात्रु ओसार्ने दुई यात्रु वाहक बसलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । कोरोना भाइरसको चैनब्रेक गर्न जिल्लामा निषेधाज्ञा जारी छ । बैशाख १३ गतेदेखि जेठ १० गतेसम्म जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । विभिन्न ठाउँबाट यात्रु ओसार्दै गरेको अवस्थामा राजापुर क्षेत्रबाट प्रहरीले बसलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा पेश गरेको हो । प्रमुख जिल्ला अधिकारीले संक्रमण ऐन अनुसार १ महिना कैद र एक सय जरिबाना तोकी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय