पूर्वप्रदेश प्रमुख भन्छन् : पटक-पटक संसद विघटनले संविधानको जीवन क्षय हुन्छ
सोमबार, जेठ १७, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ १७ । पूर्व प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा प्रतिनिधिसभा पटक-पटक विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन् ।

प्रदेश-१ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका पूर्वप्रमुख दुर्गाकेशर खनालले संयुक्त विज्ञप्ति जारी सरकारको कदमको विरोध गरेका हुन् ।

उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा गर्नका लागि सवै लोकतन्त्रवादीहरु एक हुनुपर्ने र सम्माननीयद्वयको गैरसंवैधानिक कदममा पूर्ण विराम लगाउन आग्रह गरेका छन् ।

उनीहरुले प्रमुखहरूले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभालाई निजी कम्पनीजस्तै पटक पटक विघटन गरेर निरंकुश र सर्वसत्तावाद प्रदर्शन गरेको आरोप लगाएका छन् ।

‘संविधान नै मासियो भने त्यसपछिको स्थिति अनुमान योग्य छैन र यस्ता गैरसंवैधानिक कार्यका कर्ता सम्माननीयद्वयको जयजयकार गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय