काठमाडौं उपत्यकामा जेठभर निषेधाज्ञा थप्‍ने तयारी, आज औपचारिक निर्णय हुँदै
बुधबार, जेठ १९, २०७८ मा प्रकाशित

काठमाडौं : काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ।  निषेधाज्ञा थप्नेबारे निर्णय लिन आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

बैठक बिहान १० बजेपछि भर्चुअल माध्यममार्फत बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको र आज औपचारिक निर्णय गरी घोषणा गर्ने तयारी भएको उनले जानकारी दिए। उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि भोली सकिन लागेकोले थप्न लागिएको हो।

निरौलाका अनुसार यसअघि भन्दा केहि खुकुलो गरी उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा लगाउने तयारी छ। खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरमा यसअघि भन्दा केहि खुकुलो गर्ने तयारी भएपनि यसअघि जस्तै बिहान ९ बजेसम्म मात्रै खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको छ।

यस विषयमा आज थप छलफल गरेर निर्णय लिने तयारी भएको उनले जानकारी दिए।साभार थाहा खबरबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय