शुक्रबार, जेठ २१, २०७८
मा प्रकाशित
0
Shares
काठमाडौं,
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ ।जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ ।