सर्पलाई टोक्न छाड : सबै पाप नाश हुन्छ
शनिबार, पुष १०, २०७८ मा प्रकाशित

बासुदेव चौधरी
स्व. गणेशमान जी लाई हामीले नेपाली काँग्रेसको शान्तीवादी निती भनेको के हो भन्ने प्रश्न राख्यौँ । वहाँले नितीको ब्याख्या वा अर्थ नभनेर कथा भन्नु भयो । वहाँले आफ्नो बोलीचालीको थेगो अँ भन्ने शब्दबाट शुरु गर्नुभयो कथा भन्न । पहिले परिचय लिनु भयो हामी सबैको । हामीहरुले खुशी हुँदै आ—आफ्नो परीचय दियौँ ।

वहाँले भर्खरका केटाकेटीहरुलाई भने झैँ बडो भयंकर गोमन सर्प थियो । त्यो सर्पले धेरै मानिसहरुलाई टोकेर आफ्नो बिषले मारीसकेको थियो । सर्पलाई पछी धेरै मानिसलाई मारेकोमा पछुतो भयछ । त्यो त पाप हो भन्ने लागेछ । पापबाट मुक्तीको खोजीमा रहेछ रे । एक दिन सर्प बस्ने बाटो भयर नारदमुनी ऋषी जाँदै थिए । सर्पले उनको अनुहारमा बडो तेज प्रकाश देखेर सिद्ध पुरुष हुन् भन्ने लागेर नारद छेउ पुगेर आफुले गरेको मानवहत्याको कुरा बताएछ । अब त्यो पापबाट सर्पले मुक्ति पाउने उपाय सोधेछ । नारदले सजिलो उपाय बतायछन्, अब उप्रान्त नटोक्ने कसैलाई पनि । अनि नारद त्यहाँबाट अन्तध्र्यान भएछन् ।

अब सर्पले नारदको जुक्तिको पालना गर्न थालेछ । केटाकेटीहरु खेल्न आउँदा सर्प चुप लागेर बस्ने भयो । सर्पले चालचुल नगरेको देखेर केटाकेटीहरुको डर बिस्तारै हराएछ । एक दिन पुच्छर छोयछन् केटाकेटीहरुले तर सर्प चालचुल नगरी बसीरह्यो । अर्को दिन ढाड छोयछन्, फेरीपनि सर्प चुपचाप बसीरह्यो । एक दिन दुई दिन तीन दिन चार दिन पुग्दा नपुग्दै सर्पको टाउको सम्म छुन पुगेछन्, तैपनि सर्प चालचुल नगरेर चुपचाप बसीरह्यो ।

यस्तो देखेपछी केटाकटीहरुले सर्पलाई उचालेर यताबाट उता, उताबाट यता फाल्ने र खेलाउना जस्तै बनायर खेल्न थालेछन् । अब सर्पको जीउ भरी घाउ चोट लागेछ । केटाकेटीहरु सर्पलाई यताउती हुत्याउन नछाड्ने भए । सर्प मरणाशन्नमा पुगीसकेको थियो ।
नारदमुनी फेरी त्यही बाटो भयर एक दिन हिँड्दै थिए । सर्पले देखेछ र नजिक गयर आफ्नो दुर्दशा देखायर सुनाएछ । हजुरको उपदेशले मैले आज सम्म कसैलाई टोकेन । कसैलाई पनि तर्सायन तर हेर्नुहोस मेरो अवस्था भन्दै अब बिन्ती बिसाएछ नारदमुनी संग । यसरी त म मर्ने भए प्रभु भनेछ । के गर्ने होला भनेर सोधेछ ।

नारदमुनीले फेरी सरल उत्तर दिएछन् । मैले तिमीलाई नटोक्न पो भनेको नी । फुँकार नमार त भनेको होईन नी । तिमीले नटोक तर तिमीलाई जाईलाग्छन् भने तर्साउनको लागी फुँ त गर भन्ने उपदेश दियछन् र फेरी अन्तध्र्यान भएछन् । अब सर्पछेउ अर्को दिन केटाकेटीहरु आएछन् र सर्पलाई समाउन खोजेछन् तर सर्पले आफ्नो फणी ठाडो पारेर फुँ गरेछ । केटाकेटीहरुको भागाभाग भएछ । केटाकेटीहरु त्यसदिन देखी फेरी सर्प छेऊ आउन डराउन थालेछन् ।

यति सुनायर गणेशमान जीले नेपाली काँग्रेसको शान्तीवादी निती पनि यही हो भन्नु भयो । मलाई के लाग्छ भने गणेशमान जी ले २००७ सालको क्रान्ती हुँदै २०४६ सम्म पटक पटक सशस्त्र क्रान्तीमा लाग्नु भएको लौह पुरुष । नेपाली काँग्रेसको निती पनि शुरुमा हिंसात्मक क्रान्ती नै थियो । तर त्यस्ता सशस्त्र क्रान्तीले काँग्रेसका पनि प्यारा मानिसहरु मारीएका थिय । कति पञ्चायती समर्थक पनि मारिएका थिए । तर मारिन त नेपाली नै मारिएका थिए । पक्ष र बिपक्ष भयन भने त मार्कसवादको सिद्धान्त जस्तो द्वन्द्धात्मक भौतिकवाद पनि हुँदैन र बिकासको गतीले बिश्राम पनि लिन्छ होला । बि.पी. कोईरालाले त्यसैले होला शान्तिवादी नितीलाई नेपाली काँग्रेसमा अवलम्बन गर्नुभएको ।

गणेशमान जीको यो कथा सुनेपछी हामीहरुले पनि त्यस्तै गर्यौं । आक्रमण गर्न नजाने तर आक्रमण गर्न आए भने प्रतिआक्रमण गर्ने । ठाउँ ठाउँमा यस्ता झडप एमोेलेहरुसंग धेरै भय । नेपाली काँग्रेसका स्थानिय नेतृत्व र समर्थकहरु प्रतिआक्रमणमा पछी नपर्ने भए । यस्तो प्रकारको दोहोरो आक्रमण र प्रतिआक्रमण हुन थालेपछी एमाले पनि शान्तीपुर्वक संगठन गर्ने र चुनावी प्रचारप्रसार गर्न तर्फ अग्रसर भएको थियो ।
यस्तै आक्रमण र प्रतिआक्रमण म संगै भएको अर्को रोचक घटना छ ।

स्व. नवीन चन्द्र शर्मा नेपाली काँग्रेस प्रतिबन्धित अवस्थामा हुँदा बर्दिया जिल्लाका सह सचिव हुनुहुन्थ्यो । वहाँ नेपालमा प्रजातन्त्र स्थापनाका आन्दोलन र क्रान्तीका प्रवल समर्थक । बाँकेका एक जना बडाहाकीमले वहाँको लाश भएपनि ल्याउने हुकुम भएपछी वहाँ जंगलै जंगल भयर भारतमा भागेर बनारसमा वीपी कोईराला गणेशमान सिंहहरु भएको ठाउँ सम्म पुग्नु भयको मान्छे । वहाँका छोराहरु मध्य साईँला छोरा दिनेश चन्द्र शर्मा एमालेका कार्यकर्ता भएका थिए । उनको भौतिक शरीर अहिले छैन । वहाँ एमाले भित्रका एक प्रकारको गुलरियाका लडाका भित्र पर्ने ।

उनको जेठा दाजु नरेश चन्द्र शर्मा र माईला दाजु रमेश चन्द्र शर्मा भने नेपाली काँग्रेस कै कार्यकर्ता हुनुहुन्थ्यो । वहाँहरु पनि एक प्रकारले युवाहरुमाझ बलीष्ठ र निडर भनेर परिचित हुनुहुन्थ्यो । हामी पनि त्यस्तै थियौँ । युवराज श्रेष्ठ, सुभाष कुमार पोखरेल, म लगायतका गुलरियाका थुप्रै साथीहरु थियौं । जो लडाई पर्दा ज्यान गएपनि पछी नहट्ने । नेबिसंघका साथीहरुलाई अखिलले कुनै प्रकारले सताउन लाग्दा हामीहरुसंग आउने भय । उता अखिललाई कुनै अप्ठ्यारो पर्दा दिनेश चन्द्र शर्मा लगायतका संग पुग्ने भय ।

यस्तैमा तत्कालिन गुलरिया बजारको सिमल चोक (हाल साधाकृष्ण चोक) मा म एक्लै थिएँ । अखिलका दश बाह्र जना जति थिए । उनीहरु र म बिच नेबिसंघ राम्रो कि अखिल, कस्को सिद्धान्त राम्रो भन्ने बहस हुँदाहुँदै हातपात सम्म पुग्यो त्यो बहस । उनीहरुले मलाई झ्यापझुप चारै तीरबाट घेरा हालेका थिए । यस्तैमा मैले उनीहरुलाई तिमीहरु दिनेशको तागतमा कुर्लदै छौ । उनले केही लछारपछार लाउन सक्दैनन् भनेको थिएँ । त्यहीँ एउटा केटो थिए । उनले यो कुरा दिनेश जीलाई गयर बढाँईचढाई गरेर सुनायछन् । दिनेश चन्द्र शर्मा म भन्दा उमेरमा जेठा भएकाले उनलाई मैले दाजु भन्थिय । हामी फुटबल पनि संगै खेल्थ्यौँ ।

त्यसैले होला उनलाई मैले च्यालेञ्ज दिए जस्तो लागेछ क्यारे । फेरी म उनी भन्दा सानो उमेरको पनि परेँ । उनी रातोपीरो हुँदै मलाई घेरा हालेको ठाउँमा आएर मलाई एक फाईट हिर्काउदै तैले मलाई धम्की दिने भन्न थाले । मैले पनि हात रोक्नुस दाजु भन्दै आफ्नो हात फर्कायर मुक्किले हिर्काउन थाँले र दोहोरो हानाहान भयो । उनीहरु धेरैजना भएकोले बढी मुक्कि मैले खान्थिएँ भने मेरो मुक्कि फरक फरक अखिलका केटाहरुलाई लाग्ने । उनीहरु मलाई हिर्काए पछी पछाडी झाग्ने । त्यतिबेला म पनि कराँटे खेल पनि खेल्ने र तालिम लिएकोले फाईट कसरी गर्छन भन्ने मलाई पनि थोरबहुत ज्ञान थियो । त्यसैको ज्ञानलाई त्यहाँ आफ्नो बचाउ गर्न र प्रहार गर्नमा सदुपयोग गरेको थिएँ ।

यता हामी बिच लडाई भैरहेको थियो भने उता सुभाष, युवराज र रमेश चन्द्र शर्मा दाई लगायतका नेपाली काँग्रेसको जिल्ला कार्यालयमा भेला भयर पार्टीको सम्बन्धमा छलफल चल्दै थियो । त्यही छलफल बिचबाटै के कति काम परेर बजार तिर आएको थिएँ । वहाँहरुलाई नेबिसंघको एक जना भाई मलाई लाग्छ बिष्णु खनाल हुन् उनी, उनले मलाई घेरा हालेर आक्रमण गर्न लागेको डौडियर गयर खबर गर्नु भयछ । उताबाट अब नेबिसंघका हुजुम निस्कियो रमेश चन्द्र शर्माको नेतृत्वमा । युवराज, सुभाष, प्रेम शाह, सुर्य ज्ञवाली, बिष्णु खनाल र बहिनीहरु पनि आए । रमेश दाई नेपालको बक्सरमा राष्ट्रिय च्याम्पियनशिपमा मेडल हात पारेका मान्छे ।

उनी मलाई घेराहालेको ठाउँमा पुग्नासाथ अखिल र एमालेका समर्थकहरुको भागाभाग भएर सबै जना एक क्षणमा बेपत्ता । उता रमेश चन्द्र शर्मा भने दिनेश चन्द्र शर्माका सहोदर दाजु भएकोले दिनेश जी त कता हो कुन्नी स्यालको सिंग हराय जस्तै हुनुभयो । दिनेश चन्द्र शर्माको एउटा पक्ष अत्यन्त राम्रो के थियो भने उनले आफ्नो दाजुहरुको अत्यन्त सम्मान गर्दथिए । त्यतीबेला के थियो भने नातागोता, पुरानो सम्बन्ध, साथिभाईहरु समेत अर्कै पार्टीमा लागेको देख्दा एकअर्कालाई दुश्मन जस्तै मान्ने भईयो, एउटा अन्धभक्त भएजस्तो गरेर । यसको फाईदा चलाख र स्याल प्रबृत्ती भएका नेताहरुले खुबै फाईदा लिए र अद्यापी यस्ता अन्धभक्तहरुबाट फाईदा लिँदै पनि छन् । क्रमशः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय