‘संघीयता कार्यान्वयनले गति लियो’
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

सुरुंगा, फागुन १२ : प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संघीयता नयाँ विषय भएकाले कार्यान्वयनमा केही अलमल देखिए पनि यसले गति लिएको बताएका छन् ।

संवाद समूहले आज झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा स्थानीय, प्रदेश र संघीय सरकार गरी तीन सरकार रहेका र सबैले कानून निर्माण गर्ने कामलाई तीव्रता दिएकाले अब विकासका कामले गति लिने विचार व्यक्त गरे । प्रदेश नं १ मा अब थोरै मात्र कानून बन्न बाँकी रहेको उनको भनाइ छ ।

प्रदेश प्रमुख अधिकारीले सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामकरण हुने बताएका छन् । शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामकरणको काम अगाडि बढिरहेको बताए । प्रदेशसभाको चालू अधिवेशनले प्रदेशको नामकरण टुंग्याउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय