पुर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा
सोमबार, साउन ०१, २०८० मा प्रकाशित

बर्दिया,साउन १ (फरकसमाचार) / बालबालिकाले खोप तालिका अनुसार लगाउनु पर्ने सबै खोप लगाई पुर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पुर्णखोप निर्देशिका बमोजिम १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई खोप तालिका अनुसार खोप लगाई आइतबार पुर्णखोप जिल्ला घोषणा गरिएको हो ।

‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित, बर्दिया जिल्ला हाम्रो प्रतिवद्वता’ भन्ने नाराकासाथ हरेक वर्ष यकिन गरि पुर्णखोप सुनिश्चित वडा, पूर्णखोप सुनिश्चित स्थानीय तहको साथै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरी खोपबाट बचाउन सकिने, रोग लाग्ने दर, अपाङ्गता दर र मृत्युदरमा कमी ल्याउने सहभागिले हस्ताक्षर गरी प्रतिबद्वतासमेत जनाएका छन् ।

बर्दिया निर्वाचन क्षेत्र नंम्बर १ का संघिय सांसद संजय कुमार गौतमले पानसमा दिप प्रज्वलन गरी पुर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

तीन तहको सरकार भएपनि महिला स्वास्थ्य स्वयसेविकाहरुलाई उचित पारिश्रमिक नदिएको संघिय सांसद गौतमले बताए । ‘वास्तवमा महिला स्वास्थ्य स्वयसेविकाहरुले गरेको त्याग, तपस्या र सर्मपण अनुसार पारिश्रमिक पाएका छैनन’ संघिय सांसद गौतमले भने,‘स्वास्थ्य क्षेत्रमा उहाँहरुले गरेको योगदान अनुसार सेवा सुविधा दिएर राज्यले सम्बोधन गर्न नसक्नु दुखद हो ।’ महिला स्वयसेविकाहरुको मागलाई आफुले संसदमा उठाएर सरकारको ध्यानाकर्षण गराउने संघिय सांसद गौतमले जनाए ।

जिल्ला पुर्णखोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टको अध्यक्षतामा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आइतबार सम्पन्न भएको छ । आठ वटै स्थानीय तहका उत्कृष्ट स्वयसेविका र उत्कृष्ट खोपकर्ता सम्मानित भएका छन् । पुर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रममा संघिय सांसद संजय कुमार गौतम, लुम्बिनी प्रदेश सांसद भुनेश्वर चौधरी, राजकुमार चौधरी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, सुरक्षा निकायका प्रमुख, पालिकाका प्रमुख, महिला स्वयमसेविकालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर