महोत्सवको नाममा बिजोग : गुलरिया महोत्सवमा चर्चित गायक आउँदा पनि सुनसान
बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ६(फरकसमाचार) / कैलालीबाट महोत्सवमा स्टल लगाउन गुलरिया स्थित कर्भड हल चौरमा देखिएका महेश न्यौपाने बिलखबन्दमा परेका छन् । १२ हजारको एउटा स्टल किनेका उनले आयोजक फुलबारी यूवा क्लबलाई अग्रिम दुई हजार भुक्तानी गरिसकेका छन् । ब्ल्यांकेट र कम्बलको व्यापार गर्न स्टल किनेका न्यौपानेको महोत्सवमा राखिएको स्टलमा माखा पनि नभन्केपछि बिहान र साझको जोहो गर्न गाउँ गाउँ पुग्ने गरेका छन् ।

‘के गर्नु हजुर ? स्टल किनेर गाउँ गाउँ सामान बेच्न जादाँको पिडा छदैछ’उनले भने,‘क्लबलाई महोत्सव लगाउँने को ले जिम्मेवारी दिएहोला ? आयोजकले हामी जस्ता सोझा साझालाई डुवाए ।’ महोत्सवमा दर्शक पनि नदेखिएको उल्लेख गर्दै २ हजार फिर्ता पाए घर फर्कने उनको गुनासो छ । काठमाडौबाट आएका कलाकार दर्शक नदेखेपछि फिर्ता भएको उनी बताउँछन् । त्यसैगरी पार्किङको लागि ठेक्का लिएको ठेकेदारले पनि डुबेको बताएका छन् ।

सोमबार गुलरिया साँस्कृतिक महोत्सवमा चर्चित गायक आउँदा सुनसान देखिएको छ । फुलबारी युवा क्लव गुलरियाले आयोजना गरेको महोत्सवमा सोमबार चर्चित गायक पुष्कल शर्मा आउँदा समेत महोत्सवमा दर्शक देखिएनन् । महोत्सवमा दर्शकहरुको उपस्थिती नहुँदा प्रख्यात गायक शर्माको गीत गाउँने उत्साह नै हराएको एक दर्शकले जनाए । महोत्सवमा दर्शकहरुको उपस्थिती नदेख्दा चर्चित गायक निराश भएर फर्किएका छन् । राती अबेरसम्म कुर्दा पनि आयोजकले रकम नदिदाँ गायक रुष्ट भएका छन् । गायकलाई आयोजकले पारिकश्रमिक नदिदाँ गायक शर्मा प्रहरीमा उजुरी गर्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

गुलरियाको कर्भड हल मैदानमा स्थानीय यूवा क्लबको आयोजनामा मंसिर २ गते देखि १० गते सम्म व्यापार महोत्सव आयोजनाले बर्दिया जिल्लाकै नराम्रो टिप्पणि भईरहेको छ । निजि क्षेत्रको आर्कषक संस्था उद्योग बाणिज्य संघले जिल्लाको व्यापार पबद्धन, पर्यटकिय लगायतका क्षेत्र प्रचार प्रसारको लागि आयोजना गरिने महोत्सवलाई स्थानीय यूवा क्लबलाई महोत्सव संचालनगर्न अनुमति दिएपछि हरि बिजोग भएको छ ।
महोत्सवमा दुई तीन वटा बाहेर सबै स्टल खाली छ । महोत्सवमा एउटा नाउँवाला पिंङ, एउटा बन्दुकले बेलुन फुटाउने स्टल, रिंग फाल्ने र जुवा खेलाउने स्टल र दुई वटा भुजा चटपटे नास्ताको स्टल छन् । महोत्सवमा स्टल राखेको कमाई नहुँदा बाहिरिने तयारीमा रहेका छन् ।
महोत्सव आयोजक फुलबारी युवा क्लवको लापरवाहीले महोत्सव सुनसानभएको सर्वसाधारणको भनाई छ । आयोजकले कुनै पनि निकायसंग समन्वय नगरि महोत्सव आयोजना गर्दा यस्तो देखिएको गुनासो गर्छन् । महोत्सवको व्यवस्थापन र तयारी नपुग्दा यस्तो हालत रहेको आँकलन छ ।

लाखौं रुपिया खर्च गरेर बनाएको कभर्ड हललाई हचुवाँतालमा महोत्सव आयोजनाको लागि दिदाँ सम्बन्धित निकायको चर्को आलोचनासमेत भईरहेको छ ।

महोत्सवको उद्घाटन क्लवका पदाधिकारीले गरेको फुलबारी युवा क्लवका अध्यक्ष आर्दश शर्माले बताए । ‘महोत्सवको अनुमानित लागत रु १५ लाख छ’अध्यक्ष शर्माले भने,‘क्लवको एकलौटी लागतमा महोत्सव संचालन भईरहेको छ ।’ अस्तिसम्म मान्छेहरुको उत्साहजनक उपस्थिती नभएपनि सोमबारबाट मान्छेहरुको राम्रो उपस्थिती रहेको अध्यक्ष शर्माले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय