प्रहरीको सक्रियता बरुणको हत्यामा सलग्न ११ पक्राउ
शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ८ (फरकसमाचार) / गुलरिया नगरपालिका–६ का २० वर्षिय बरुण घिमिरेको हत्यामा संलग्न रहेकालाई सबैलाई प्रहरीले पक्राउ गरेको छ । बरुणको हत्यामा संलग्न रहेका ११ जना युवालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । फरार रहेको दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ का २० वर्षिय आलोक आश्रित र वडा नंम्बर ४ का १९ वर्षिय सुमन सुनारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका–का १९ वर्षिय सुरेश भन्ने सुयस थापालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो । त्यसैगरि गुलरिया नगरपालिका–६ का २३ वर्षिय सुलभ थापा, वडा नंम्बर ५ का १९ वर्षिय दिपेश बुढामगर, वडा नंम्बर ६ का २४ वर्षिय धिरज ठाकुर, वडा नंम्बर ८ का १९ वर्षिय सन्दिप थारु र १९ वर्षिय दिनानाथ चौधरी, त्यसैगरी हत्यामा सहयोगी भुमिका खेल्ने गुलरिया नगरपालिका–६का १८ वर्षिय रक्षक भन्ने रोशन शाह, वडा नंम्बर ४ का १८ वर्षिय निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका–३ का २३ वर्षिय तर्क भण्डारी पक्राउ परेका थिए ।

गत कात्तिक २७ गते लक्ष्मी पुजाको दिन मध्यरातमा गुलरिया नगरपालिका–६ का २० वर्षिय बरुण घिमिरेमाथि खुकुरीलगायत अन्य हात हतियार प्रयोग गरि मरणासन्न हुने गरि कुटपिट भएको थियो । कुटपिटबाट गम्भिर घाईते भएका घिमिरेलाई उपचारको लागि नेपालगंज लैजाँदा लैजाँदै बाटोमा राति साढे २ बजे मृत्यु भएको थियो । गुलरिया नगरपालिका–५ जुस फ्याक्ट्री नजिक घिमिरेमाथि निर्घात कुटपिट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय