बढैयातालमा शसक्त बालिका परियोजना संचालन हुने
शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,मंसिर ८/ बढैयाताल गाउँपालिकामा तीन वर्षको लागि शसक्त बालिका परियोजना संचालन हुने भएको छ । प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लब नेपालगन्जले आगामि तीन बर्षसम्म बढैयाताल गाउँपालिकामा परियोजना संचालन गर्ने बिहीबार जनाईएको हो ।

परियोजनाको सन २०२५ जुन सम्म आफ्नो कार्यक्रम बढैयाताल गाउँपालिका भित्रका सबै वडा र छनौटमा परेका बिद्यालयमा गरिने जानकारी गराइएको छ । बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठि रहेका थिए ।

बर्दिया जिल्लाका तीन वटा पालिकाहरुमा आफ्ना कार्यक्रम संचालन गरेको यस परियोजनाले बढैयाताल गाउँपालिका भित्र ५२ वटा शिर्षकमा कार्यक्रम गर्ने गरि एक बर्षको करिब तीस लाख बजेट सर्बजनिक गरेको छ । परियोजनाको वार्षिक कार्यक्रम र परियोजनाको उदेश्य बारे परियोजनाका कार्यक्रम प्रमुख गोविन्द प्रसाद लामिछानेले प्रस्तुतीकरण गरेका थिए । परियोजनाको मुख्य उदेश्य बढैयाताल गाउँपालिका भित्र रहेका बालिका र किशोरीहरुको नेतृत्व बिकास र सशक्तीकरण गर्ने रहेको जानकारी गराईएको थियोे ।

कार्यक्रममा बढैयाताल गाउँपालिकाका सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, सबै शाखाका शाखा प्रमुखहरू, संचारकर्मि लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम संचालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर बिकले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय