‘दमकल आवाज सुनेपछि स्थानीयले आगलागि भएको थाहा पाएका थिएं
शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ९
गुलरिया नगरपालिकाको कार्यालयबाट शुक्रवार राती १०ः १५ बजे एक्कासी दमकल गुलरिया नगरपालिका ४ स्थित तुलापुर चौकबाट साईरन सहित कुद्यो । कतिले प्रहरीले जुवाडे वा अपराधीलाई पक्राउँ गर्न साईरन बजाएर कुदेको अनुमान लगाए । तर,दमकलको आवाज ठम्याई सकेपछि स्थानीयले आगलागी भएको हुनसक्ने अडकल काटे । घर बाहिर निस्किदा निस्सासिएको भान भयो । कहाँ के भयो भन्दै राती नै दौड भाग मच्चियो ।  उनिहरुले भनिरहेका थिए ‘हामी निशब्ध छौ,हामी बोल्न सक्ने अवस्था छैनौ,आगलागिले अहिले सम्म जिल्लामा नघटाएको घटना घटाएको छ ।’तुलापुर चौकको उत्तर नजिककैको केरा बारीमा पूर्व नगरपालिका कर्मचारीको भरत चन्दको (छोरा)आफन्तको घरमा आगलागि भएको घटनाले गुलरिया नगरपालिका स्तव्ध बनेको छ ।
घर आगालागि बाट भग्नाबशेषमा परिणत भईसकेको समेत हामीलाई जानकारी प्राप्त भयो । तत्काल प्रहरी पुग्दा पुग्दै आगलागि बाट घाईते भएको महिलालाई अस्पताल पुराईयो । तर घर भित्र बालबालिका छन भन्ने अनुमान त लगाए तर कति जना छन भन्ने एकिङ गर्न नसकेको अवस्थामा संबाददातालाई लगातार फोन आउँन शुरु भयो । ज्यान गएको जस्तो बिषयमा गम्भिर भएर समाचार संकलन गर्न पर्ने चुनौति थियो । रातिको १२ बजे प्रहरीले ढुटो जस्तो भईसकेको चार जनाको शब निकालेको खबर त पाईयो,तत्काल पाठक बर्गलाई सुसुचित गर्न सकिएन । फरक समाचारको फेसबुक मार्फत तुलापुरमा आगलागि भएको घरमा सुतिरहेकाको ज्यान गएको अपुष्ट समाचार मार्फत पाठक बर्गलाई जानकारी गरायौ । रातीको घटना भए देखि गुलरिया जाग्राम छ । प्रहरीका एसपि शनिबार बिहान शुधिरराज शाही घटनास्थल पुगिसकेका छन् । आगलागि भएको घटना भएपनि एसपि शाहीले विस्तृत अनुसन्धान पछि बाहिर आएको समाचारमा एकिङ गर्ने विश्वास गुलरियावासी लिएका छन् ।
आगलागिबाट तीन बालबालिक र एक वयस्क महिलाको मृत्यु
गुलरिया नगरपालिका वडा नं ४ स्थित तुलापुरको एक घरमा आगलागी हुदा २ बालक, १ बालिका र १ महिला सहित ४ जनाको मृत्यु भएको छ । आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो । घाइते २८ वर्षकी करिष्मा चन्दको उपचारका बर्दिया अस्पतालमा भईरहेको छ ।
प्रहरीको प्रारम्भिक भनाईमा मक्कल ताप्न खोज्दा आगलागि भएको आंशका छ । राति करिव १०ः ३० बजे आगलागी भएपछि गुलरिया नगरपालिकाको दमकल आवाज आएपछि आगलागि भएको घटनास्थलमा स्थानीयद्धारा उद्धार शुरु गरिएको स्थानीयको भनाई छ ।
रातीमा अचानक घटेको घटना भएकाले आगलागि भएको वास्तविक कारण अझै नखुलेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए ।‘घटना आगलागि भएर भएको हो,’उनले भने,‘विस्तृत अनुसन्धान पछि के कारण एकिङ गर्न सकिन्छ । ’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय