मधुवनमा वडा स्तरीय बाल भेला सम्पन्न
शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित

बर्दिया, मंसिर ९ (फरकसमाचार)/ बाल विवाह न्युनिकरण अभियानमा सघाउ पुग्ने उदेश्यले मधुवन नगरपालिकामा वडा स्तरीय बाल भेला गराईएको छ । मधुवन नगरपालिका–८ मा शुक्रबार बाल भेला गराईएको हो । मधुवन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक उपशाखाको आयोजना एवम् बिग्रुपको समन्वय र सहकार्यमा बाल भेला सम्पन्न भएको छ ।

वडा स्तरीय बाल भेलामा बाल विवाह न्युनिकरण, बाल अधिकार र संरक्षण सम्बन्धि अन्तरक्रियासमेत गरेको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर सुनिता चौधरीले बताईन् । ‘बाल भेलाले वडा स्तरीय बाल क्लब गठन गरेको छ’ सुपरभाइजर चौधरीले भनिन्,‘गठन गरिएको बाल क्लवले वडामा बाल विवाह न्युनिकरणको लागि खबरदारी गर्नेछ ।’

वडामा बाल विवाहका घटना हुन नदिन सचेतना फैलाउने र बाल विवाहका घटना भएमा सरोकारवालालाई जानकारी गराउनेछ । क्लवलाई बाल विवाह न्युनिकरण अभियानमा जोड्ने गरि गठन गरिएको सुपरभाइजर चौधरीले जानकारी दिईन् । प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्युनिकरण परियोजना संचालन छ ।

बाल भेलामा मधुवन नगरपालिका–८ का कार्यवाहक अध्यक्ष बम बहादुर थापा, नगर सल्लाहकार विजय ओली, महिला बालबालिका तथा जेष्ठ नागरिक उपशाखाकी प्रमुख इन्द्रा चुनारा, सहायक निरीक्षक शोभा शर्मा न्यायीक समितिकी तारा आचार्य र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय