निस्सासिएर नाबालिकासहित चारको मृत्यु
आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

बर्दिया,मंसिर १०(फरकसमाचार) / गुलरियाका भरत चन्दलाई आफ्नै घरमा आगो लागेर दुई छोरा (९ बर्षिय क्रिश चन्द र १८ महिनाका कार्तिक चन्द), दिदि राधा बुढा र १३ बर्षिय भान्जी मानसी बुढा एक चिहान भएको सुन्दा चट्याङ परे जस्तै भयो । उता कालको मुखबाट फुत्केकि पत्नि करिश्माको अवस्था गम्भीर हँुदा बर्दिया अस्पतालमा उपचार भईरहेको छ ।

रोजगारीको शिलशालामा भरत नेपालगंजमा थिए । रातारात बर्दिया घर फर्केका भरतको दिमागले काम गरेका छैन । कानुनी प्रक्रिया पुरा गर्न जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेका उनी भन्दै थिए,‘दुबै तिरको टाउँको बलग बलग गरेको छ,कोहि नबोलिदिनु न ।’ भरतको दिदिको आफन्त महेन्द्रनगर देखि गुलरिया पुगेपछि प्रहरीलाई थप अनुसन्धान गरि दिन जाहेरी दर्ता गरेका छन् ।

शुक्रबार रातीको घटना दर्दनाक

गुलरिया नगरपालिकाको कार्यालयबाट शुक्रवार राती १०ः१५ बजे एक्कासी दमकल गुलरिया नगरपालिका– ४ स्थित तुलापुर चौकबाट साईरन बजाउँदै कुद्यो । कतिले प्रहरीले जुवाडे वा अपराधीलाई पक्राउँ गर्न साईरन बजाएर कुदेको अनुमान लगाए । तर,दमकलको आवाज ठम्याई सकेपछि स्थानीयले आगलागी भएको हुनसक्ने अडकल काटे ।

घर बाहिर निस्किदाँ निस्सासिएको भान भयो । कहाँ के भयो भन्दै राती नै दौड भाग मच्चियो । उनिहरुले भनिरहेका थिए ‘हामी निशब्ध छौ, हामी बोल्न सक्ने अवस्था छैनौ,आगलागिले अहिलेसम्म जिल्लामा नघटाएको घटना घटाएको छ ।’ तुलापुर चौकको उत्तर नजिककैको केरा बारीमा पूर्व नगरपालिका कर्मचारीको चन्दको(छोरा)आफन्तको घरमा आगलागि भएको घटनाले गुलरिया नगरपालिका स्तव्ध बनेको छ ।

कसरी भयो आगलागी नियन्त्रण

आगलागी भएको हो हल्लापछि छर छिमेक सबै उठे । आगोको मुश्लो देखेपछि सबै आत्तिए । मुल ढोकामा आगो लागिसकेकोले कोठा भित्र पस्न सक्ने अवस्था थिएन । अलबेस्टरको छानो भएकाले प्रहरी र स्थानीय मिलेर छानाबाट पानी खनाए । घरको धारो पनि सुकेकोले बाहिरबाट पानी ल्याएर आगो निभाउँने प्रयास स्थानीयको जारी रह्यो ।

आधा घन्टासम्म छानो माथीबाट पानी हाल्ने काम प्रहरी र स्थानीयको भईरहँदा घर जल्लबाट बचेको स्थानीयले बताए । कोठा भित्र रहेको शुरुमा फ्रिज तर्फ आगोले समातेको अनुमान छ । फ्रिजमा लागेको आगो ग्यास लिक हुँदा वा आगाको धुवाँले बन्द कोठामा सबै निस्सासिएको प्रारम्भिक अनुमान छ । घर भित्रका ओढ्ने ओछ्याउँने विस्तारा लगायत जलेर नष्ट भईसकेको प्रत्यक्षदर्शीको भनाई छ ।

आगलागीबाट तीन बालबालिक र एक वयस्क महिलाको मृत्यु

गुलरिया नगरपालिका–४ स्थित तुलापुरको एक घरमा आगलागी हुँदा २ बालक, १ बालिका र १ महिलासहित ४ जनाको मृत्यु भएको छ । आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानसी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो । घाइते २७ वर्षकी करिश्मा चन्दको उपचार बर्दिया अस्पतालमा भईरहेको छ ।

प्रहरीको प्रारम्भिक भनाईमा मक्कल ताप्न खोज्दा आगलागी भएको आंशका छ । राति करिव १०ः३० बजे आगलागी भएपछि गुलरिया नगरपालिकाको दमकल आवाज आएपछि आगलागी भएको घटनास्थलमा स्थानीयद्वारा उद्धार शुरु गरिएको स्थानीयको भनाई छ ।
रातीमा अचानक घटेको घटना भएकाले आगलागि भएको प्रहरीको अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । ‘घटना आगलागी भएर भएको हो,’उनले भने,‘विस्तृत अनुसन्धान पछि के कारण एकिन गर्न सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय